वडामा सचिव पाउनै मुस्किल– सामान्य कामका लागि पनि घण्टौं हिँड्नुपर्ने वाध्यता | Khabarhub Khabarhub

वडामा सचिव पाउनै मुस्किल– सामान्य कामका लागि पनि घण्टौं हिँड्नुपर्ने वाध्यता


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन् । गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर लिनुपर्ने भएको छ । यो बाध्यता बैतडीको तल्लोस्वराडमा रहेको मेलौली नगरपालिकाको हो । मेलौली नगरपालिकाका नौवटै वडामा सचिव छैनन् । सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

वडा कार्यालयमा सचिव नहुँदा समस्या भएको मेलौली–७ का केशवसिंह भाटको गुनासो रहेको छ । ‘वडामा हुने कामका लागि नगरपालिका धाउनुपर्ने बाध्यता छ,’ उनले भनु, ‘गाउँमा कर्मचारी नहुँदा समस्या भएको छ ।’ कर्मचारी समायोजनपश्चात नगरपालिका र वडामा कर्मचारी अभाव रहेको हो ।

वडामा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘पञ्जीकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार छ,’ उनले भने, ‘एकजनाले नगरपालिकामै बसेर नौवटै वडाको काम गर्नुपर्ने बाध्यता रहिआएको छ ।’ वडामात्रै नभएर नगरपालिकामा पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा दैनिक कामकाजमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।

स्थानीय तह स्थापना भएदेखि नै नगरपालिकाले सचिवको अभाव झेलिरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । उनले भने, ‘कर्मचारीको अभावमा नगरपालिकाका सेवा प्रभावित भएका छन् ।’ कर्मचारी अभावमा नागरिकले चाहेजस्तो सेवा दिन कठिनाइ भएको नगरप्रमुख नायकको भनाइ छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १० : ५९ बजे

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी– भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५