मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी गर्दै राष्ट्र बैंक | Khabarhub Khabarhub

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी गर्दै राष्ट्र बैंक


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि २०७७ पुस २९ गतेसम्मका लागि लगानी गर्न लागेको हो ।

लगानी गरिने रकममध्ये वाणिज्य बैंकहरूमा  १ अर्ब १२ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा २१ करोड र वित्त कम्पनीमा ७ करोड लगानी गर्ने बताइएको छ ।

निक्षेपको रूपमा रकम लिन चाहने बैंकले केन्द्रीय बैंकले तोकेको शर्त पूरा गरी आवश्यक रकम र प्रस्तावित ब्याजदर समेत खुलाएर पुस महीनाको १६ गते दिउँसो ३ बजेभित्र निवेदन पेश गरिसक्नु पर्ने छ ।

बैंकहरूले प्रस्ताव गरेको ब्याजदर लगानी गरिने मितिसम्म मान्य हुने बताइएको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तनसम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ०८ बजे

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद