आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको षष्ठी तिथि, विश्व मुस्कान दिवस, विश्व अहिंसा दिवस, सप्तमी श्राद्ध परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शुभ दिन छ। धनक्ष्मी योग परेको छ । बोली र व्यवहारमा एकरुपमा हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरुले दुख दिनेछन्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ।

वृष : दिन राम्रो छ। साथीभाइको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन : दिन त्यति राम्रो छैन। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा केही सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास अपुरो हुनेछ। खानामा अरुची बढ्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ।

कर्कट : बोलीको प्रभावले काम बन्नेछ । धर्मकर्ममा मन जानेछ। बौद्धिक व्यक्तित्वसँग झुकाव बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मन शान्त बन्ने दिन छ ।

सिंह : दिन सामान्य छ । आफ्नो कामकै कारण हिनताबोध हुनेछ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ति मिल्नेछ। पारिवारिक सम्बन्ध भने सहज रहला। शिक्षामा सुधार हुनेछ।

कन्या : धार्मिक कार्यमा खर्च हुने दिन छ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन सहज हुनेछ।

तुला :  बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । खर्च गर्दा सचेत हुनुपर्ने दिन छ ।

वृश्चिक : डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। मित्र बढ्नेछन्। शत्रुले पनि तपाईको प्रसंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाई विरुद्ध लाग्नेहहरु सक्रिय हुनेछन।

धनु : मनमा सानातिना कुराले चिन्ता, व्यवहारमा अड्चन आउन सक्छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको तपाईको प्रयास सफल हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले मनमा खटपटी आउनेछ।

मकर : दिन राम्रो छ । खर्च बढे पनि इज्जत बढ्ने छ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । शिक्षा र व्यापारमा थप मिहिनेत गर्नु उचित हुनेछ । श्रमको फल मिल्ने छ ।

कुम्भ : धार्मिक कार्यको सहभागीताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालीन योजना बन्नेछन्। व्यापारमा अघि नबढ्नु राम्रो हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्न सक्छ।

मीन : शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या हुने सम्भावना छ।  काम गर्दा सचेत हुन नसके शत्रु बढ्नेछन्।   गणेश भगवानको आरधना गर्नु राम्रो हुनेछ। मिहिनेतको फल मिल्ने छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ५ : ११ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान