प्रहरी नियन्त्रणबाट रिहा भए माओवादी नेता गजुरेल « Khabarhub

प्रहरी नियन्त्रणबाट रिहा भए माओवादी नेता गजुरेल


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्रहरीद्वारा नियन्त्रणमा लिइएका नेकपा क्रान्तिकार माओवादीका नेता सिपी गजुरेल सोमबार रिहा भएका छन् ।

भारतले सीमा मिचेको सन्भर्दमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउनका लागि सिंहदरवारतर्फ जान लाग्दा बिजुलीबजारबाट प्रहरीद्वारा नियन्त्रणमा लिइएका गजुरेल सोमबार रिहा भएका हुन् ।

गजुरेलसँगै प्रहरीले नियन्त्रणमा लिएका अन्य १५ जना पनि रिहा भएका छन् ।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतले मिचेका सीमा क्षेत्रको विषयमा ज्ञापन पत्र बुझाउनका लागि समय लिएर जान लागेको भएपनि आफूलाई नियन्त्रणमा लिएको भन्दै गजुरेलले आपत्ति जनाए ।

सरकारले आफूलाई नियोजित रुपमा नियन्त्रणमा लिएको गजुरेलको भनाइ छ ।

आफूले उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापन पत्र बुझाउन लागेको विषयमा पूर्व जानकारी गराएको भएपनि नियोजित रुपमा नियन्त्रणमा लिने काम भएको गजुरेलले आरोप लगाए ।

सीमा मिचिको विषयमा ध्यानाकर्षण गराउँदा समेत आफूलाई नियन्त्रणमा लिइएको भन्दै गजुरेलले सरकार फासीवादतर्फ उन्मुख भएको आरोप समेत लगाए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ३७ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा