प्रहरी नियन्त्रणबाट रिहा भए माओवादी नेता गजुरेल « Khabarhub

प्रहरी नियन्त्रणबाट रिहा भए माओवादी नेता गजुरेल


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार प्रहरीद्वारा नियन्त्रणमा लिइएका नेकपा क्रान्तिकार माओवादीका नेता सिपी गजुरेल सोमबार रिहा भएका छन् ।

भारतले सीमा मिचेको सन्भर्दमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउनका लागि सिंहदरवारतर्फ जान लाग्दा बिजुलीबजारबाट प्रहरीद्वारा नियन्त्रणमा लिइएका गजुरेल सोमबार रिहा भएका हुन् ।

गजुरेलसँगै प्रहरीले नियन्त्रणमा लिएका अन्य १५ जना पनि रिहा भएका छन् ।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतले मिचेका सीमा क्षेत्रको विषयमा ज्ञापन पत्र बुझाउनका लागि समय लिएर जान लागेको भएपनि आफूलाई नियन्त्रणमा लिएको भन्दै गजुरेलले आपत्ति जनाए ।

सरकारले आफूलाई नियोजित रुपमा नियन्त्रणमा लिएको गजुरेलको भनाइ छ ।

आफूले उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापन पत्र बुझाउन लागेको विषयमा पूर्व जानकारी गराएको भएपनि नियोजित रुपमा नियन्त्रणमा लिने काम भएको गजुरेलले आरोप लगाए ।

सीमा मिचिको विषयमा ध्यानाकर्षण गराउँदा समेत आफूलाई नियन्त्रणमा लिइएको भन्दै गजुरेलले सरकार फासीवादतर्फ उन्मुख भएको आरोप समेत लगाए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ३७ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको