कोल्ड डायरियाले लिन सक्छ बालबालिकाको ज्यान « Khabarhub

कोल्ड डायरियाले लिन सक्छ बालबालिकाको ज्यान


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धामा विभिन्न किसिमको समस्या देखिन्छ । बालबालिकामा देखिने समस्यामध्ये एउटा समस्या हो कोल्ड डायरिया ।

चिसो मौसममा देखिने झाडापखलाको समस्यालाई कोल्ड डायरिया भनिन्छ । चिसोमा हुने कोल्ड डायरिया रोटा भाइरसको संक्रमणले हुने गर्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनका अनुसार चिसोको समयमा रोटा भाइरस सक्रिय हुने गर्छ । यो संक्रमितहरुको दिशामा हुने गर्छ । जसबाट अन्य मानिसलाई समेत सर्ने जोखिम हुन्छ ।

डा पुनका अनुसार रोटा भाइरसको संक्रमणबाट हुने कोल्ड डायरिया बालबालिकाहरु बढी देखिन्छ । ‘कोल्ड डायरिया रोटा भाइरसको संक्रमणले हुन्छ । यो संक्रमण बालबालिकाहरुमा बढी देखिन्छ । झाडापखाला ठूलालाई पनि हुन्छ, तर विशेष गरेर ५ वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ, त्यसमा पनि ३ वर्ष मुनिका बालकालिकामा जोखिम बढी हुन्छ,’ डा पुनले भने, ‘जीवनको पहिलो पटक कुनै बालबालिकालाई यो संक्रमण हुदा सबैभन्दा बढी कडा हुन्छ, तर जीवनमा जतिपटक हुदै जान्छ, त्यतिपटक कम कडा हुदै जान्छ ।’

कोल्ड डायरिया संक्रमितको दिशा र हावाको माध्यमबाट पनि अर्को व्यक्तिमा सर्न सक्ने डा पुन बताउँछन् ।

‘संक्रमितको दिशाको माध्यमबाट यो डायरिया अर्को व्यक्तिमा सर्छ,तर विभिन्न अनुसन्धानले संक्रमितले खोक्दा हावाको माध्ययमबाट पनि सर्छ भन्ने तथ्य पत्ता लगाएका छन् ।

नेपालमा डायरिया भएर अस्पताल भर्ना भएका मध्ये ५० प्रतिशत बालबालिकामा रोटा भाइरसकै कारण झाडापखलाको सिकार हुने गरेको डा पुन बताउँछन् ।

‘कोल्ड डायरियाले शरीरमा पानीको मात्रा कम गराउँछ, नेपाल जस्तो देशमा डायरिया भएर भर्ना भएकामध्ये ५० प्रतिशत बालबालिकामा रोटा भाइरसको कारण डायरिया हुने गरेको भनेर अध्ययनहरु पनि भएको छ ।’

डा पुनले ४० प्रतिशत बालबालिका रोटा भाइरसकै कारण चिसोमा डायरियाको समस्यामा पर्ने गरेको बताए ।

कोल्ड डायरिया हुँदा समयमै उपचार नगरे बालबालिकाको जलवियोजनका कारण मृत्यु समेत हुनसक्ने डा पुन बताउँछन् । बालबालिकामा कोल्ड डायरिया भएर तुरुन्त स्वास्थ्यसंस्थामा ल्यैजानुपर्छ । यदि समयमा स्वास्थ्यसंस्थामा नलगेमा बिरामीको मृत्यु समेत हुनसक्ने डा पुन बताउँछन् ।

‘रोटा भाइरसको कारण हुने डायरियाले शरीरमा पानीको मात्रा कम हुन्छ । जसले गर्दा जलवियोजन भएर बालबालिकाको मृत्यु नै हुनसक्ने सम्झावना हुन्छ,’ डा पुनले भने, ‘ त्यसैले चिसोमा डायरिया भयो भने घरमै जीवनजल खाएर बस्नु हुँदैन, तुरुन्त अस्पताल ल्यैजानुपर्छ ।’

कोल्ड डायरियाको लक्षण

–निरन्तर पातलो दिशा लाग्ने,

–वान्ता हुने,

–कमजोर महशुस हुने,

–मुख सुक्ने ।

कसरी बच्ने ?

–कोल्ड डायरिया भएमा तुरुन्त अस्पताल ल्यैजाने,

–सरसफाइमा विशेष ध्यान दिने,

–सफा र तातो खानेकुरा खाने,

–चिसोबाट जोखिने,

–शौच गरेपछि साबुनपानीले राम्रोसँग हात धुने,

–खाना खानु अगाडि राम्रोसँग हात धुने,

–फलफुल तथा हरियो साग सब्जि राम्रोसँग पखालेर मात्र खाने ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : ४८ बजे

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी