प्रकाश सपूत अब ‘परदेशी २’ का हिरो « Khabarhub

प्रकाश सपूत अब ‘परदेशी २’ का हिरो


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपूतलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने भएका छन् । नारायण रायमाझीले निर्देशन गर्ने फिल्म ‘परदेशी २’ मा उनलाई शीर्ष भूमिकामा देखिने भएको हो ।

यसअघि निर्देशक रायमाझीले ‘परदेशी’ नामक फिल्म बनाएका थिए । उक्त फिल्ममा इन्डियन आइडलबाट चर्चामा आएका प्रशान्त तामाङ शीर्ष भूमिकामा थिए ।

‘परदेशी २’ मा प्रकाश सपूतले अभिनय गर्ने पक्का भइसकेको छ । फिल्मका लागि नायिकाको खोजी भइरहेको जनाइएको छ ।

सपूत लोकगीत ‘बोल माया’ बाट एकाएक चर्चामा आएका थिए । त्यसपछि उनले सोही गीतको ‘प्रिक्वेल’ पनि निकालेका थिए । उक्त ‘गलबन्दी’ बोलको गीत पनि लोकप्रिय भएको थियो ।

यसअघि रायमाझीले निर्देशन गरेका फिल्म ‘परदेशी’ र ‘गोर्खा पल्टन’ ले लोकप्रियता कमाएका थिए । यसपटक पनि रायमाझीले विदेश गएका नेपालीकै कथामा फिल्म निर्देशन गर्न लागेका हुन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  २ : ०१ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य