प्रकाश सपूत अब ‘परदेशी २’ का हिरो « Khabarhub

प्रकाश सपूत अब ‘परदेशी २’ का हिरो


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपूतलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने भएका छन् । नारायण रायमाझीले निर्देशन गर्ने फिल्म ‘परदेशी २’ मा उनलाई शीर्ष भूमिकामा देखिने भएको हो ।

यसअघि निर्देशक रायमाझीले ‘परदेशी’ नामक फिल्म बनाएका थिए । उक्त फिल्ममा इन्डियन आइडलबाट चर्चामा आएका प्रशान्त तामाङ शीर्ष भूमिकामा थिए ।

‘परदेशी २’ मा प्रकाश सपूतले अभिनय गर्ने पक्का भइसकेको छ । फिल्मका लागि नायिकाको खोजी भइरहेको जनाइएको छ ।

सपूत लोकगीत ‘बोल माया’ बाट एकाएक चर्चामा आएका थिए । त्यसपछि उनले सोही गीतको ‘प्रिक्वेल’ पनि निकालेका थिए । उक्त ‘गलबन्दी’ बोलको गीत पनि लोकप्रिय भएको थियो ।

यसअघि रायमाझीले निर्देशन गरेका फिल्म ‘परदेशी’ र ‘गोर्खा पल्टन’ ले लोकप्रियता कमाएका थिए । यसपटक पनि रायमाझीले विदेश गएका नेपालीकै कथामा फिल्म निर्देशन गर्न लागेका हुन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  २ : ०१ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस