राजकुमार हिरानीको फिल्ममा शाहरुख खान, रिलिज अर्को वर्ष « Khabarhub

राजकुमार हिरानीको फिल्ममा शाहरुख खान, रिलिज अर्को वर्ष


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता शाहरुख खानलाई फ्यानले लामो समयदेखि ठूलो पर्दामा कुरिरहेका थिए । सन् २०१८ मा फिल्म ‘जिरो’ फ्लप भएपछि उनी ठूलो पर्दामा देखिएका छैनन् ।

त्यसो त शाहरुखले फिल्ममा काम गर्ने फाइनल भइसकेको समाचार बारम्बार आउने गर्छन् । तर, उनी ठूलो पर्दामा आउने सुरसारमा छैनन् ।

यतिबेला फेरि खबर छाएको छ कि, उनले एक फिल्ममा काम गर्ने भएका छन् । राजकुमार हिरानीको अघिल्लो फिल्ममा उनी देखिने भएका हुन् ।

भारतीय मिडियाका अनुसार यो प्रोजेक्टमा काम गर्ने विषयमा हिरानी र शाहरुखबीच हालै छलफल भएको थियो । मिडियाका अनुसार यो फिल्ममा काम गर्न शाहरुख राजी भएका छन् ।

यो प्रोजेक्टलाई ठूलो प्रोजेक्टका रुपमा हेरिएको छ । यसको सेट सन् २०२० को अप्रैलसम्म तयार हुनेछ । निर्माताले २०२१ मा फिल्म रिलिज गर्न मिति खोजिरहेका छन् ।

यद्यपि प्रोजेक्टका विषयमा अन्य जानकारी भने दिइएको छैन । फिल्ममा अन्य कलाकार को को हुनेछन् र नाम के हुनेछ भन्ने समेत खुलासा गरिएको छैन ।

शाहरुख खानले लामो समयपछि बल्ल फिल्म साइन गरेका छन् । पछिल्लो समय उनी फिल्ममा अभिनय गर्न इन्कार गरिरहेका थिए, किनकि उनका फिल्म बक्स अफिसमा असफल भएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ०७ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित