वीरगन्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुससहित पक्राउ « Khabarhub

वीरगन्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुससहित पक्राउ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेश कुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले जैसवाललाई १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले उपभोक्ता समितिमार्फत सम्पन्न भएको कामको भुक्तानी दिने प्रयोजनका लागि लिएको घुुससहित जयसवाललाई पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ४ : ४५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि