‘लभ डायरिज’ को गीतमा प्रिन्सी–प्रिज्मा (भिडियो) « Khabarhub

‘लभ डायरिज’ को गीतमा प्रिन्सी–प्रिज्मा (भिडियो)


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चामा रहेका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले फिल्म ‘लभ डायरिज’ को एक गीतमा नृत्य प्रस्तुत गरेका छन् ।

‘लभ डायरिज’ मा समावेश ‘छमछम’ बोलको गीत सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो ।

उक्त गीतमा शब्द, संगीत र संगीत संयोजन लोकप्रिय संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतमा दुर्गा खरेल र सुरेश लामाले स्वर दिएका छन् ।

झण्डै ७ मिनेट लामो गीतमा अहिले चर्चामा रहेकी बालगायिका कमला घिमिरेले पनि स्वर दिएकी छिन् ।

भिडियोमा बिहेको माहोल देख्न सकिन्छ । यस्तै फिल्मका शीर्ष कलाकार सुशील क्षेत्री, रुविना थापा र विश्वजीत रिमाललाई पनि भिडियोमा देख्न सकिन्छ ।

साथै भिडियोमा ट्वीनी गर्लस् प्रिन्सी र प्रिज्माले पनि कम्मर मर्काएका छन् । गीत र भिडियो आकर्षक लाग्छ ।

निर्माण टिमले फिल्मको प्रचारमा सहयोग पुगोस् भनेर यो गीत सार्वजनिक गरेको बताएको छ ।

प्रेम दिवसको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ । यस्तै फिल्मलाई सञ्जय लामाले खिचेका हुन् भने विनोद सापकोटाले निर्माण गरेका हुन् ।

फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् भने सह–निर्देशकमा साहिल खान छन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ४९ बजे

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको