अब ईपीएस सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग « Khabarhub

अब ईपीएस सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर सीप परीक्षणमा अनुत्तीर्ण भएकाहरुले अब सीप परीक्षणमात्र गराउनुपर्ने माग गरेका छन् ।

सीप परीक्षणमा अनुत्तीर्ण भएका ४ हजार २ सय जनाले अब भाषा परीक्षामा पुनः सामेल नगराई सोझै सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग गरेका हुन् । गत साता कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले लिएको सीप परीक्षणमा ६ हजार ७ सय ७३ जनाले मात्र उत्तीर्ण गरेका थिए ।

सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेका ४ हजार २ सय जना सीप परीक्षणमा अनुत्तीर्ण भएका हुन् ।

उनीहरुले अब सीप परीक्षणमा मात्र सामेल हुन माग गर्दै वैदेशिक रोजगार विभागसँग अनुरोध गरेका हुन् । करिब ५ सय संख्यामा विभागमा पुगेका उनीहरुले अब सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग गरेका हुन् ।

सीप परीक्षणमा सामले गराउने वा नगराउने भन्ने विषय नेपाल सरकारको अधिकारभित्र नभएको वैदेशिक रोजगार ईपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए ।

उनले यस विषयमा कोरिया सरकारसँग छलफल गर्न सकिने बताए । ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए ।

परीक्षामा उत्तीर्ण हुनेले १ सय १० अंकको सीप परीक्षणमा समेत उत्तीर्ण हुनुपर्ने प्राबधान छ । सीप परीक्षणमा उत्तीर्ण भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ३२ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको