अब ईपीएस सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग « Khabarhub

अब ईपीएस सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर सीप परीक्षणमा अनुत्तीर्ण भएकाहरुले अब सीप परीक्षणमात्र गराउनुपर्ने माग गरेका छन् ।

सीप परीक्षणमा अनुत्तीर्ण भएका ४ हजार २ सय जनाले अब भाषा परीक्षामा पुनः सामेल नगराई सोझै सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग गरेका हुन् । गत साता कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले लिएको सीप परीक्षणमा ६ हजार ७ सय ७३ जनाले मात्र उत्तीर्ण गरेका थिए ।

सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेका ४ हजार २ सय जना सीप परीक्षणमा अनुत्तीर्ण भएका हुन् ।

उनीहरुले अब सीप परीक्षणमा मात्र सामेल हुन माग गर्दै वैदेशिक रोजगार विभागसँग अनुरोध गरेका हुन् । करिब ५ सय संख्यामा विभागमा पुगेका उनीहरुले अब सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग गरेका हुन् ।

सीप परीक्षणमा सामले गराउने वा नगराउने भन्ने विषय नेपाल सरकारको अधिकारभित्र नभएको वैदेशिक रोजगार ईपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए ।

उनले यस विषयमा कोरिया सरकारसँग छलफल गर्न सकिने बताए । ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए ।

परीक्षामा उत्तीर्ण हुनेले १ सय १० अंकको सीप परीक्षणमा समेत उत्तीर्ण हुनुपर्ने प्राबधान छ । सीप परीक्षणमा उत्तीर्ण भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै