कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या « Khabarhub

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारालाई पक्राउ गरिएको जानकारी दिए । उनले घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको बताए ।

सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए ।

मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

“पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्”, प्रहरी प्रवक्ता चन्दले भने, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।”

अहिले महाकाली अस्पतालमा स्थानीयवासीको भीड लागेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ४३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो