ट्याक्सीले बिरामी यात्रुलाई सडकमा फालेपछि... | Khabarhub Khabarhub

ट्याक्सीले बिरामी यात्रुलाई सडकमा फालेपछि…


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुगर र प्रेसरका रोगी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । कारन्जित भने कमजोर महसुस भएको भन्दै ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपीकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर–४ स्थित घरमा पु-याउन भनेका थिए ।

उनी ट्याक्सीमा चढेको केही समयमै बेहोस भए । तर, चालकले उनलाई छेउमै रहेको अस्पताल लैजाने प्रयाससमेत गरेनन् । बरु घिसारेर हेल्पिङ ह्यान्ड्स अस्पतालअगाडिको सडककिनारामा झारिदिए र भागे । स्थानीयले निकैबेरपछि प्रहरीलाई खबर गरेर उनलाई अस्पताल पठाए । त्यतिवेलासम्म उनको मृत्यु भइसकेको थियो ।

बुबाको प्रतीक्षामा रहेका छोरा प्रवीणलाई अस्पतालबाट फोन आयो । उनी पुग्दा बुबाको मृत्यु भइसकेको थियो । बुबालाई सडकमा बेहोस अवस्थामा भेट्टाएर अस्पताल लगिएको उनले थाहा पाए । कसरी सडकमा ढले भनेर सिसिटिभी फुटेज हेर्दा प्रवीण मात्र होइन, प्रहरी अधिकारीहरूसमेत चकित भए । बा.१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमलबहादुर श्रेष्ठले देखाएको संवेदनहीनताले जोकोहीलाई स्तब्ध बनाउँछ । सय मिटर पर अस्पताल हुँदाहुँदै सिकिस्त बिरामीलाई उनले ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्य शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । सबैले चालक कमल श्रेष्ठको निन्दा गरेका छन् ।

‘सिसिटिभीकै सहयोगमा हामीले उनलाई पक्राउ गरी कारबाही अघि बढाएका छौँ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्ल भन्छन्, ‘उनले समयमै बिरामीलाई अस्पताल लगेको भए बाँच्ने सम्भावना थियो ।’ दोलखा घर भएका चालक श्रेष्ठले आत्तिएर बिरामीलाई सडकमा राखेर भागेको बताएको नयाँ पत्रिकामा खबर छ।

सडकमा जडान गरिएको सिसिटिभीबाट चालक श्रेष्ठको बदमासी पत्ता लागेको हो । उनले बिरामीलाई तानेर फालेको भिडियो सिसिटिभीमा रेकर्ड भएको थियो । सोही आधारमा उनको ट्याक्सी नम्बर पत्ता लगाई प्रहरीले पक्राउ गरेको हो । दिनभर लगाएर उनलाई पक्राउ गरिएको गौशला वृत्तका डिएसपी सुनिल मल्लले बताए । सडकमा जडान गरिएका सिसिटिभीले यस्ता धेरै अपराध पत्ता लगाउन सहज भएको प्रहरी अधिकारी बताउँछन् ।

४ हजार धरौटीमा छुटे दलित महिलालाई मोसो दल्ने शीर्षकको समाचारमा ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिश्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही चार हजार धरौटीमा छाडेको हो ।

उनीहरूले पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे गाउँकी ३० वर्षीया शारदा बराइलीलाई ५ चैतमा गाउँकै चौतारोमा लगेर मोसो दल्दै कुटपिट गरेका थिए । ऋण लिएको दुई लाख रुपैयाँ माग्दा छिमेकी पारस लिम्बूको समूहले शारदालाई चरित्रहीनको आरोप लगाउँदै कुटपिट गरेको थियो । घटनामा संलग्न ओमनाथ बराइली, यशोदा थापा र ओममनी लिम्बू र अर्का एक फरार छन् ।

त्यस्तै लगानी सम्मेलनका विषयमा पत्रिकाले तयार पारेको रिपोर्टमा सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन २०१९’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन् ।

तीनै तहको निर्वाचनपछि बनेको स्थिर र बलियो सरकारले सम्मेलनमा आफ्नो आर्थिक नीति सुनाउँदै उनीहरूको विश्वास जित्ने भरपूर प्रयास गरेको छ । सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका ७७ परियोजनामा विदेशी लगानी आह्वान गरेको छ । सहभागी प्रतिनिधिले शुक्रबार सम्मेलनबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । केही उद्योगीले लगानीको घोषणासमेत गरिसकेका छन् । यसबाट सरकार उत्साही देखिएको छ । लगानीकर्ताको प्रतिबद्धता भने शनिबार मात्रै टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ६ : ३८ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको