फूलमा पैसा फलाउने रुबी, मासिक पाँच लाख कमाई « Khabarhub

फूलमा पैसा फलाउने रुबी, मासिक पाँच लाख कमाई



काठमाडौं- माटोसँग खेल्दै बगैँचामा फुलेका फूलसँग रमाउँदै जीन्दगी बिताउँदा एकदमै खुसी लाग्छ कुलेश्वरकी रुबी कार्कीलाई । झण्डै ३ दशक हुनै लागेको छ उनले पुष्प व्यवसायी गर्न थालेको ।

भनाई नै छ, ‘शुभकार्य र अन्तिमकार्य फूलबाटै हुन्छ’ । हुन त फूल आफैँमा सुन्दा पनि हेर्दा पनि ‘सुन्दर’ वस्तु हो । घरको कौसीमा गमला राख्ने र फूल रोप्ने सबैको शोख हुन्छ।

फूलकै व्यापार गर्ने मामिलामा अघि सर्ने भने कमै देखिन्छन् । पढेलेखेका शिक्षित व्यक्तिहरु पढेअनुसार कै जागिर खोज्दै हिड्छन् । युवाहरु वैदेशिक रोजगारमै व्यस्त ।

पसिना चुहाउनकै लागि विदेश जानेको लर्को देखिन्छ तर नेपालमा बसेर घरायसी काम गर्ने, व्यापार व्यवसायमा अघि बढ्ने युवाको संख्या कमै देखिन्छ ।

काम नपाएर दिनभरी सुत्ने तथा सिरियल हेरेर दिन बिताउनुहरुका लागि उदाहरणीय प्रेरणाको स्रोत बन्न सक्छिन ‘फूल व्यवसायी–रुबी’ ।

‘काम गर्नका लागि शिक्षित नै बन्नुपर्छ भन्ने छैन् तर आइडिया लिन सक्नुपर्छ’ उनले भनिन् । गाउँमा बस्नेहरु खेतिपातीमा व्यस्त हुन्छन् तर शहरमा बस्नेहरु बिहान बेलुका भान्साकोठामा व्यस्त भएपनि दिनभरी अनावश्यक कुरामा समय खर्चिने गरेको उनी बताउँछिन् ।

मानिसको आजको दिनमा नै भोलिको भविष्य लुकेको हुन्छ । भविष्यमा के बन्ने भन्ने कुरा हर कोहीले सोचेका हुन्छन् ।

व्यापार व्यवसाय भन्नासाथ करोडौँ रकम लगानी गर्ने र ठुला व्यवसाय सञ्चालन गर्ने भन्नेतिर मानिसको ध्यान केन्द्रित हुन्छ । ‘व्यापार कहिल्यै साना– ठूलो हुदैँन’ उनले भनिन् । फुर्सदमा हुनेहरु विशेषगरी विवाहित महिलाहरुले फूलको खेती गर्दा राम्रो हुने उनको भनाई छ ।

रुबी वि.सं. २०२७ सालमा प्रदेश नम्बर ४ ओखलढुङगामा जन्मिन् । गाउँमा जन्मिएकी उनी बाल्यकालदेखि नै फूलका विरुवा खोज्ने, रोप्ने, पानी हाल्ने काममा व्यस्त हुन्थिन् ।

भनिन्छ, मानिसको आजको दिनमा नै भोलिको भविष्य लुकेको हुन्छ । भविष्यमा के बन्ने भन्ने कुरा हरकोहीले सोचेका हुन्छन् । तर रुबीलाई कहिल्यै भविष्यको चिन्ता लागेन । ‘पढाईमा खासै रुचि थिएन पछि गएर के बन्ने होला ? जस्तो कहिल्यै लागेन’ उनले सुनाइन् ।

‘नपढेकाहरुले पनि व्यापार गरेकै छन् जस्तो अनुभव हुन्थ्यो, त्यो समय पढ्ने भन्दा पनि घरायसी काममा समय बिताउने गरिन्थ्यो’ विगतलाइ सम्झदै उनले भनिन् ।

उनी १८ वर्षको उमेरमा वैवाहिक सम्बन्धमा बाधिइन् । विवाहपश्चात उनी काठमाडौंको रामकोटमा बस्न थालिन् ।
कुरा आजभन्दा १९ वर्षअघिको हो । उनका श्रीमान त्यो समय विदेश जाने तयारीमा थिए । रुबीको सोच भने नेपालमै बस्नुपर्छ, यही व्यापार गर्नुपर्छ भन्ने थियो । श्रीमानलाई पटकपटक सम्झाउँथिन् उनी ।

रुबी भन्छिन्, ‘श्रीमानलाई स्वदेशमा बस्न र मिलेर पुष्प व्यवसाय गर्न आग्रह गरे’ । दुवैजनाको सहमतिका साथ ०४७ सालमा ७ रोपनी जग्गा भाडामा लिएर नर्सरी सञ्चालन गरिन् ।

नर्सरी कुलेश्वरको आवासक्षेत्रमा व्यवस्थित छ । नाम हो ‘अजिमा नर्सरी’ ।

शुरुको लगानी १ लाख

रुबीले १ लाख लगानीमा २० प्रजातीका फुलबाट नर्सरी व्यवसाय थालिन् । कुलेश्वरमै डेरा लिएर बस्थिन् । बिहान घामको पहिलो झुल्कोसँगै नर्सरी पुग्ने साँझसम्म त्यही बस्थिन् ।

फूलका बीउबिजन अमेरिका, बरायन र थाइल्यान्डबाट ल्याउनुपर्छ  त्यही बीउ छरेर विरुवा उमारिन्छ । कटफ्वर बाहेक अन्य बीउहरु विदेशबाटै आयात गर्नुपर्छ

उनको पेशा नै फूल रोप्ने, गोड्ने, हेर्ने बन्दै गयो । उनका श्रीमान भने साइकलमा विरुवा तथा फुलहरु बेच्ने गर्थे । हालसम्म आइपुग्दा उनको नर्सरीमा प्लान्ट, सिजनल, कटफ्लावर, ग्राफ्टिङ, पिटोनिया, लगायत २ सयभन्दा बढि प्रजातीका फूलहरु छन् ।

मेहनती रुबीले नर्सरीको एकछेउमा तरकारी खेती पनि गरेकी छिन् । उनको तरकारी खेतीमा काउली, धनियाँ, विभिन्न प्रकारका सागसब्जी छन् ।

सामान्य स्तरबाट दुई जनाको संलग्नता सञ्चालन भएको रुबीको नर्सरीमा हाल २ छोरा, १ भाइ र अन्य कामदारसहित १२ जना सदस्य छन् ।

नर्सरीमा फूल गोड्दै थिए अर्का २८ वर्षीय युवा । जो रुबीको जेठो छोरा थिए । उनी फूल व्यवसाय गर्न सकेमा स्वदेशमा राम्रो आम्दानी गर्न सकिन्छ भन्दै थिए । ‘पैसा कमाउनका लागि साथीहरु विदेश गएर दुःख गर्छन् यहाँ आरामले कमाउन सकिन्छ’ उनले भने ।

रुबीले फूलका बीउबिजन अमेरिका, बरायन र थाइल्यान्डबाट मगाउँछिन् भने आफ्नै जग्गामा त्यही बीउ छरेर विरुवा उमार्छिन् । ‘कटफ्वर बाहेक अन्य बीउहरु विदेशबाटै आयात गर्नुपर्छ’ उनले भनिन् ।

शुरुका दिनमा धेरै संघर्ष गरेपनि अहिले फूलले राम्रै मार्केट लिन थालेको उनले बताइन् । फूलहरुको सिजन सिजनका फ्लवरर्सहरु छन्, ‘मासिक रुपमा ५ लाखसम्म आम्दानी हुन्छ’ उनले भनिन् ।

उनी २२ औँ फ्लोरा एक्स्पोमा कृषि तथा पशुपन्छी राज्यमन्त्रीबाट सिजनल फ्लवर्समार्फत पुरस्कृत भइन ।

रुबीको अनुभव

रुबीले पुष्प खेतीबाहेक अन्य कुनै खेती गरेकी छैनन् । फूल रोप्ने, फुलाउने र यही व्यवसाय गर्ने शोख थियो उनको ।

नेपालमा उत्पादित फूलले बजार धान्न सकेको छैन । फलस्वरुप विभिन्न चाडपर्व तथा उत्सवहरुमा भारतलगायतका मुलुकबाट फूल आयात गर्नु पर्दछ । मानिसहरु फूल खेतीप्रति रुची राख्ने र पुष्प क्षेत्रमा प्रवेश गर्ने हो भने परनिर्भरता हट्नेछ

फूल खेतीबाट नै व्यवसायीक रुपमा कृषि पेशा थालेकी रुबी माटोमै खेल्न रुचाउँछिन् । लामो समयदेखि फूलसँग खेलेको अनुभव उनले यसरी सुनाइन, ‘अन्य खेतीमा जस्तै फूलमा पनि कहिले किरा लाग्ने, फूल ओइलाउने र मर्ने समस्या देखिन्छन् । फूलमा प्रायःजसो खुम्ले कीराले हैरान बनाउँछ, कीरा मार्ने औषधी खासै पाइदैन, मेटासिनको प्रयोग गर्नुपर्छ ।’

उनको नर्सरी अवलोकनका लागि जानेहरु दिनभरी फूलसँग झुम्ने गरेको पनि बताइन्। नर्सरीमा आएकाहरुलाई फूल खेती गर्न प्रेरित गर्ने गरेकी छन उनले ।

अजीमा नर्सरीमा फुलेका फूल तथा विरुवाहरु यत्तिकै मौलाएका भने होइनन् । उनको फूलप्रतिको लगावले नै नर्सरी विगतमा भन्दा फस्टाउँदै गएको छ ।

रुबीले फूलमा अग्यानिक मलको प्रयोग गर्ने गर्छिन । कम्पोष्ट मल, हड्डी र तोरी पेलेर निस्केको पिनाबाट मल बनाउँने गरेको उनले बताइन ।

२८ वर्षसम्मको मेहनतले उनलाई एक सफल पुष्प व्यवसायी बनाएको छ । रुबीको नर्सरी अहिले पनि कुलेश्वर आवास क्षेत्रमै देख्न सकिन्छ ।

‘दु:ख मेहनत र संघर्षले लामो समय पार गरेर आज फूलैफूलको बगैचाँमा रमाउन र स्वदेशमै बसेर आम्दानी गर्न पाइएको छ’ गर्वका साथ रुबीले सुनाइन् ।

‘नेपालमा उत्पादित फूलले बजार धान्न सकेको छैन । फलस्वरुप विभिन्न चाडपर्व तथा उत्सवहरुमा भारतलगायतका मुलुकबाट फूल आयात गर्नु पर्दछ । मानिसहरु फूल खेतीप्रति रुची राख्ने र पुष्प क्षेत्रमा प्रवेश गर्ने हो भने परनिर्भरता हट्नेछ’ उनले भनिन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : ५७ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली