नेपाल बारको निर्वाचन आज , मतगणना २ दिनपछि « Khabarhub

नेपाल बारको निर्वाचन आज , मतगणना २ दिनपछि


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न आज (शनिबार) निर्वाचन हुँदैछ। बारमा २५ पदका लागि ६३ जनाले उम्मेदवारी दिएका छन । नयाँ नेतृत्व चयनका लागि हुने मतदान बिहान ८ बजे शुरु हुनेछ । त्यस्तै मतदान अपराह्न ४ बजे सकिनेछ।

नयाँ नेतृत्वका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोली चुनावी मैदानमा उत्रिएको छ । त्यस्तै कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल नेतृत्वको टोली चुनावी मैदानमा छन । एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानून व्यवसायीले साथ दिएका छन् ।

नयाँ शक्तिबाट अध्यक्षमा कृष्ण शर्मा, महासचिवमा डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा नारायण खरेल र सदस्यमा रामबहादुर मिजार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । एनएलए र डिएलएबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। संगठनात्मक मत भन्दा बढी स्वतन्त्र मतले नयाँ नेतृत्व पाउने कानून व्यवसायी बताउँछन् ।

बारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजना चुनिने व्यवस्था छ। महिला उपाध्यक्ष १ र ७ वटै प्रदेशबाट १/१ जना गरी ८ उपाध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

बारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालत गरी १० ठाउँबाट मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए।
निर्वाचनमा १० हजार एक सय ४१ मतदाताले सहभागिता जनाउने छन् ।

आज भएको निर्वाचनको मतपेटिका आउन भने २ दिन लाग्ने खड्काले बताए । मतपेटिका संकलन भएपछि मतगणना शुरु हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : १२ बजे

त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

काठमाडौँ – पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल

स्व गिरिजाबाबु सबै दलका अभिभावक : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले