नेपाल बारको निर्वाचन आज , मतगणना २ दिनपछि « Khabarhub

नेपाल बारको निर्वाचन आज , मतगणना २ दिनपछि


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न आज (शनिबार) निर्वाचन हुँदैछ। बारमा २५ पदका लागि ६३ जनाले उम्मेदवारी दिएका छन । नयाँ नेतृत्व चयनका लागि हुने मतदान बिहान ८ बजे शुरु हुनेछ । त्यस्तै मतदान अपराह्न ४ बजे सकिनेछ।

नयाँ नेतृत्वका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोली चुनावी मैदानमा उत्रिएको छ । त्यस्तै कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल नेतृत्वको टोली चुनावी मैदानमा छन । एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानून व्यवसायीले साथ दिएका छन् ।

नयाँ शक्तिबाट अध्यक्षमा कृष्ण शर्मा, महासचिवमा डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा नारायण खरेल र सदस्यमा रामबहादुर मिजार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । एनएलए र डिएलएबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। संगठनात्मक मत भन्दा बढी स्वतन्त्र मतले नयाँ नेतृत्व पाउने कानून व्यवसायी बताउँछन् ।

बारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजना चुनिने व्यवस्था छ। महिला उपाध्यक्ष १ र ७ वटै प्रदेशबाट १/१ जना गरी ८ उपाध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

बारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालत गरी १० ठाउँबाट मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए।
निर्वाचनमा १० हजार एक सय ४१ मतदाताले सहभागिता जनाउने छन् ।

आज भएको निर्वाचनको मतपेटिका आउन भने २ दिन लाग्ने खड्काले बताए । मतपेटिका संकलन भएपछि मतगणना शुरु हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : १२ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले