एक वर्षमा २६६ प्यालेष्टाइनी मारिए « Khabarhub

एक वर्षमा २६६ प्यालेष्टाइनी मारिए


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायल अधिनस्थ प्यालेष्टाइनको गाजा क्षेत्रमा इजरायली अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा इजरायली फौजको कारवाहीमा परी पछिल्लो एक बर्षको अवधिमा कम्तीमा २ सय ६६ जना प्यालेष्टाइनी नागरिकको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

गाजा क्षेत्रमा रहेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा अरु ३० हजार ३ सय ९८ जना प्यालेष्टाइनी घाइते भएको उल्लेख छ । प्रतिवेदनका अनुसार प्रदर्शनका क्रममा इजरायली फौजको कारवाहीमा मृत्यु हुनेमध्ये ५० जना बालबालिका छन् ।

त्यस्तै, मारिनेमा अरु ६ महिला, एक ज्येष्ठ नागरिक, तीन स्वास्थ्यकर्मी र दुईजना सञ्चारकर्मी पनि छन् । घाइते हुनेमध्ये ५ सय ३६ जना गम्भीर घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्यमन्त्रालयको प्रतिवेदनअनुसार सोही अवधीमा दुई इजरायली सैनिकको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १२ : २७ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो