विधि र पद्दतिअनुसार कांग्रेस चल्न सकेन : नेता सिंह | Khabarhub Khabarhub

विधि र पद्दतिअनुसार कांग्रेस चल्न सकेन : नेता सिंह


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताएका छन् । नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले आज आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले  विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताए ।

“मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले आर्थिक विकासको नेतृत्व गर्न सकेन,” उनले भने। पार्टीका पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्नुले पार्टीलाई झन कमजोर बनाउँदै गएको बताए ।

कांग्रेसले इतिहासले मात्र भजाएर हुँदैन भविष्यका लागि सोच्नु जरुरी रहेको उनकोभनाइ छ । नेता सिंहले विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्नु राम्रो कुरा भए पनि विकास बजेट खर्च हुन नसक्नु दुःखद भएको बताए। नेता सिंहले स्थानीय तथा प्रदेश सरकार सञ्चालनका लागि चाहिने आवश्यक ऐन, कानून, नीतिनियम बनाउन ढिला गरेर सरकारले सक्षमताका साथ सरकारको नेतृत्व गर्न नसकेको आरोप लगाए ।

कांग्रेस नेता भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य गरी आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बेला आएको बताए । कांग्रेसले आगामी निर्वाचनका लागि आजैदेखि सङ्गठन निर्माणमा लाग्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  २ : ११ बजे

प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार

कृष्णा ताम्राकार भन्ने बित्तिकै धेरैको स्मरणमा रेडियो नेपालको साढे २

कोशी प्रदेशमा सूचना प्रविधि तालिम सुरु

मोरङ– कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र

जुम्लाको तापक्रम माइनसमा झर्‍यो, जनजीवन प्रभावित

जुम्ला– जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले जनजीवन प्रभावित भएको

प्रहरीद्वारा गाँजाखेती नष्ट

सर्लाही– सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

उदयपुर– उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको