छ वटा स्थानीय तहमा लघुउद्यम कार्यक्रम « Khabarhub

छ वटा स्थानीय तहमा लघुउद्यम कार्यक्रम


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख–  जिल्ला लघु उद्यमी समूह सङ्घले यहाँका छ वटा स्थानीय तहमा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम शुरु गर्ने भएको छ ।

जिल्लाभर एक हजार ८०० भन्दाबढी उघु उद्यमीलाई सदस्यता दिएको उक्त सङ्घले महावु, नौमूले, भगवतीमाई, डुगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिकाभित्रका उद्यमीको क्षमता विकास, नयाँ उद्यमी सिर्जना, प्रविधि हस्तान्तरण, सीप विकास र तालीम सञ्चालनजस्ता काम गर्ने भएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कविराज खत्रीले कार्यक्रमको शुरुआतमै प्राप्त बजेट बाँडफाँडबारे जानकारी गराउनु नै पारदर्शिताको महत्वपूर्ण पाटो भएको बताए । उक्त कार्यक्रमअन्तर्गत नयाँ उद्यमी सिर्जनातर्फ रु ५८ लाख र उद्यमीको व्यवसाय उन्नतिका लागि रु १३ लाख खर्च गरिनेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष कूलबहादुर विक र घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख पर्शुराम आचार्यले स्थानीय उद्यमीको क्षमता विकास, बजार प्रवद्र्धनलगायत कामले उद्यमी उत्साहित हुने बताए ।

उद्योग सञ्चालन बजारीकरण, स्थानीय तहसँग सहकार्र्यजस्ता विषयमा सङ्घले लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ४ : ४५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते