छ वटा स्थानीय तहमा लघुउद्यम कार्यक्रम « Khabarhub

छ वटा स्थानीय तहमा लघुउद्यम कार्यक्रम


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख–  जिल्ला लघु उद्यमी समूह सङ्घले यहाँका छ वटा स्थानीय तहमा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम शुरु गर्ने भएको छ ।

जिल्लाभर एक हजार ८०० भन्दाबढी उघु उद्यमीलाई सदस्यता दिएको उक्त सङ्घले महावु, नौमूले, भगवतीमाई, डुगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिकाभित्रका उद्यमीको क्षमता विकास, नयाँ उद्यमी सिर्जना, प्रविधि हस्तान्तरण, सीप विकास र तालीम सञ्चालनजस्ता काम गर्ने भएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कविराज खत्रीले कार्यक्रमको शुरुआतमै प्राप्त बजेट बाँडफाँडबारे जानकारी गराउनु नै पारदर्शिताको महत्वपूर्ण पाटो भएको बताए । उक्त कार्यक्रमअन्तर्गत नयाँ उद्यमी सिर्जनातर्फ रु ५८ लाख र उद्यमीको व्यवसाय उन्नतिका लागि रु १३ लाख खर्च गरिनेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष कूलबहादुर विक र घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख पर्शुराम आचार्यले स्थानीय उद्यमीको क्षमता विकास, बजार प्रवद्र्धनलगायत कामले उद्यमी उत्साहित हुने बताए ।

उद्योग सञ्चालन बजारीकरण, स्थानीय तहसँग सहकार्र्यजस्ता विषयमा सङ्घले लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ४ : ४५ बजे

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू