लगानी सम्मेलन–विभिन्न १५ वटा लगानी सम्झौता « Khabarhub

लगानी सम्मेलन–विभिन्न १५ वटा लगानी सम्झौता



काठमाडौं– दुई दिने लगानी सम्मेलनमा विभिन्न १५ वटा लगानी सम्झौता भएका छन् ।

दुई दिने सम्मेलनको अन्तिम दिन शनिवार विभिन्न १५ वटा लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्मेलनमा माथिल्लो त्रिशुली ‘ए’ परियोजना निर्माणको काम गरिरहेको कोरियन लगानीकर्ताले वित्तिय स्रोत जुटाएको छ ।

६ सय ५० मिलियन अमेरिकी डलरमा निर्माण हुन लागेको २ सय १६ मेघावाट क्षमताको माथिल्लो त्रिशुली ए को निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यस्तै नीजि क्षेत्रको चौधरी ग्रुप र स्काई पावरकाबीचमा समेत ६ सय मेघावाटको सौर्य उर्जा प्लाण्ट निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा ५ जी मोवाइल सेवा शुरु गर्न सीजी मोबाइलले समेत सम्झौता गरेको छ । त्यसतै प्रदेश नम्बर २ का मुख्यमन्त्री र चौधरी ग्रुपकाबीचमा समेत २ नम्बर प्रदेशका विभिन्न स्थानमा सौर्य उर्जा विस्तारका विषयमा सहमति भएको छ ।

९ सय मेघावाट को अरुण तेस्रो परियोजनामा लगानी जुटाउन नसकेको र निर्माणको जिम्मा लिएको भारतीय कम्पनी सतलजसँग मिलेर एभरेष्ट बैक, नबिल बैकले समेत लगानी गर्ने सहमतिपत्रमा समेत लगानी सम्मेलनको अन्तिमदिन शनिवार हस्ताक्षर भएको छ ।

नेपाली लगानीकर्ता रहेको हाइड्रो सोलुसन र चिनियाँ कम्पनी युनान हाइड्रोका बीचमा पनि १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी तेस्रो जलविद्युत् परियोजना निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अन्तर्राष्ट्रिय वित्त कोष आइएफसी र लगानी वोर्डका बीचमा भने पीपीपी मोडलमा बनाउने गरी सिमराको विषेश आर्थिक क्षेत्र सेज निर्माणका लागि आर्थिक सहयोग गर्ने विषयमा हस्ताक्षर भएको छ । त्यस्तै बनेपामा निर्माण हुने हिमालय वुटीक रिसोर्ट निर्माणका लागिसमेत सहमति भएको छ ।

लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार विकासमा लगानी गर्नेगरी १० अर्ब रुपैयाँ लगानी गर्ने सहमति बनेको छ । जुन सम्झौतामा गैरआवासिय नेपाली संघका तर्फबाट भवन भट्ट र उद्योग विभागकाबीचमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

त्यस्तै युनाइटेड फाइनान्स लिमिटेडमा ३९ करोड रुपैयाँ लगानी गर्नेगरी मुसुट ग्रुप भारतले समेत सहमति गरेको छ । गैरआवासीय नेपालीले वेलायतमा सञ्चालन गरेको कणेल ग्रुपले समेत नेपालमा एपी पावर कम्पनीसँग मिलेर १८ मेघावाटको सौर्य परियोजना, १९ मेघावाट जलविद्युत परियोजना र १० मेघावाट क्षमताको हावाबाट विजुली उत्पादन गर्ने विषयमा सहमति गरेको छ ।

शुक्रबारदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनको समापन आज भएको हो । शुक्रबार उद्घाटन सत्रपछि आयोजित कार्यक्रममा विभिन्न ७ वटा विषयमा छलफल भएको थियो । शुक्रबार डिजिटल अर्थतन्त्र निर्माणमा सूचना प्रविधि, राजेगारी सिर्जनाका लागि औद्योगिक क्षेत्र निर्माण, पर्यटन क्षेत्र विस्तार लगाएतका विषयमा छलफल भएको थियो । शनिबार भने विभिन्न ४ वटा सत्र सम्पन्न भएका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ६ : १६ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर