असारसम्म कर्मचारीको पदस्थापना : मन्त्री पण्डित | Khabarhub Khabarhub

असारसम्म कर्मचारीको पदस्थापना : मन्त्री पण्डित


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएका कर्मचारीलाई असारमसान्तसम्म पदस्थापना गरिने बताएका छन् ।

आज ललितपुरस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले समायोजन रोजेका कर्मचारीको पदस्थापना गर्ने कार्य भइरहेको भन्दै असारसम्म सबै कर्मचारीको पदस्थापना गरिने जानकारी गराए । “कानूनीरुपमा समायोजन सकिएको २१ दिनभित्र पदस्थापना गर्ने व्यवस्था रहेको छ”, उनले भने, “अहिले विकास निर्माणको काम भइरहेको छ । त्यसैले कामलाई बाधा नपुग्ने गरी असार मसान्तभित्रमा पदस्थापना गर्दछौँ ।”

उनले समायोजन सकिएकाले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरु गर्न लोकसेवा आयोगलाई निर्देशनसमेत दिइसकेको जानकारी गराए ।

उनलेअपुग कर्मचारीको भर्ना गरी अब मुलुकमा मानवीय स्रोत साधनको कमी हुन नदिनेसमेत बताए । “अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा गर्ने उद्देश्यका साथ दु्रतमार्गबाट भर्ना गर्न आयोगलाई भनेका छौँ”, उनले भने, “नयाँ कर्मचारीको पदस्थापना पहिलो प्राथमिकता स्थानीय तह र प्रदेशमा रहन्छ ।”

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : २० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’