एसईईको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा सिआइबीको टोलीद्वारा छानबिन शुरु « Khabarhub

 एसईईको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा सिआइबीको टोलीद्वारा छानबिन शुरु


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान–  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा आजदेखि छानबिन शुरु गरेको छ ।

प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन शुरु गरेको हो । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सप्तरीबाट काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । सिआइबीको अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने विश्वास गरिएको छ ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा आजदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

यता आज जिल्ला परीक्षा समन्वय समिति सप्तरीले पत्रकार सम्मेलन गरी एसईईको कुनै पनि प्रश्नपत्र सप्तरीबाट नबाहिरिएको दाबी गरेको छ । परीक्षाअघि नै सप्तरीबाट प्रश्नपत्र बाहिरिएको हल्ला सुनेपछि प्रहरीले आफ्ना सबै युनिटमा प्रश्नपत्र जाँच गरेको र सबै पोका दुरुस्त फेला परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ९ : ०७ बजे

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र