साङ्गलो चुडाउन खोज्दा–खोज्दै ‘द्रोण’ हात्तीको दर्दनाक मरण, भिडियो बन्यो भाइरल « Khabarhub

साङ्गलो चुडाउन खोज्दा–खोज्दै ‘द्रोण’ हात्तीको दर्दनाक मरण, भिडियो बन्यो भाइरल


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा एउटा मत्त हात्तीले बाँधेको साङ्गलोबाट मुक्त हुने कोशिश गर्दागर्दै हृदयविदारक रुपमा प्राण त्याग गरेको छ ।

दक्षिण भारतको कर्णाटक राज्यमा रहेको नागरहोल राष्ट्रिय निकुञ्जमा साङ्गलोले बाँधिएको सो हात्तीले अन्तिम स्वास रहुन्जेलसम्म साँग्लोबाट मुक्त हुन खोजिरहेको थियो । अन्ततः त्यही साङ्गलोले बाँधिएकै अवस्थामा त्यो हात्तीले अन्तिम स्वास लियो ।

हात्तीको रेखदेख गर्ने माउतेका अनुसार द्रोण नामक ३७ वर्षेको हात्ती केही समयदेखि बिमारी थियो । त्यहाँका माउतेहरुले स्थानीय अधिकारीलाई हात्तीको उपचार गर्न भेटेरेनरी डाक्टर पठाउन आग्रह गर्दागर्दै पनि अटेर गरेपछि हात्तीको दर्दनाक मरण भएको उनीहरुले आरोप लगाएका छन् ।

हाल भाइरल भएको यो भिडियोमा खुट्टामा साङ्गलोले बाँधिएको हात्तिले साङ्गलोबाट उम्किन हर प्रयास गरेको देखिन्छ । साङ्लो चुडाउन नसक्दा अन्ततः गल्र्याम्मा भुइमा ढल्छ । ४ टन वजन रहेको हात्ती भुइमा ढलेसँगै उसको मृत्यु हुन्छ ।

साङ्गलो चुडाउन खोज्दा–खोज्दै ‘द्रोण’ हात्तीको दर्दनाक मरण भिडियो यस्तो छ

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ८ : ०७ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान