साङ्गलो चुडाउन खोज्दा–खोज्दै ‘द्रोण’ हात्तीको दर्दनाक मरण, भिडियो बन्यो भाइरल « Khabarhub

साङ्गलो चुडाउन खोज्दा–खोज्दै ‘द्रोण’ हात्तीको दर्दनाक मरण, भिडियो बन्यो भाइरल


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा एउटा मत्त हात्तीले बाँधेको साङ्गलोबाट मुक्त हुने कोशिश गर्दागर्दै हृदयविदारक रुपमा प्राण त्याग गरेको छ ।

दक्षिण भारतको कर्णाटक राज्यमा रहेको नागरहोल राष्ट्रिय निकुञ्जमा साङ्गलोले बाँधिएको सो हात्तीले अन्तिम स्वास रहुन्जेलसम्म साँग्लोबाट मुक्त हुन खोजिरहेको थियो । अन्ततः त्यही साङ्गलोले बाँधिएकै अवस्थामा त्यो हात्तीले अन्तिम स्वास लियो ।

हात्तीको रेखदेख गर्ने माउतेका अनुसार द्रोण नामक ३७ वर्षेको हात्ती केही समयदेखि बिमारी थियो । त्यहाँका माउतेहरुले स्थानीय अधिकारीलाई हात्तीको उपचार गर्न भेटेरेनरी डाक्टर पठाउन आग्रह गर्दागर्दै पनि अटेर गरेपछि हात्तीको दर्दनाक मरण भएको उनीहरुले आरोप लगाएका छन् ।

हाल भाइरल भएको यो भिडियोमा खुट्टामा साङ्गलोले बाँधिएको हात्तिले साङ्गलोबाट उम्किन हर प्रयास गरेको देखिन्छ । साङ्लो चुडाउन नसक्दा अन्ततः गल्र्याम्मा भुइमा ढल्छ । ४ टन वजन रहेको हात्ती भुइमा ढलेसँगै उसको मृत्यु हुन्छ ।

साङ्गलो चुडाउन खोज्दा–खोज्दै ‘द्रोण’ हात्तीको दर्दनाक मरण भिडियो यस्तो छ

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ८ : ०७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि