१०२ मा कल गर्दा ‘ठट्टा नगर्नुस्’ भनेपछि, बुबा रहेनन् | Khabarhub Khabarhub

१०२ मा कल गर्दा ‘ठट्टा नगर्नुस्’ भनेपछि, बुबा रहेनन्


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एम्बुलेन्स । सबैले बुझ्ने बिरामीलाई सहज रुपमा अस्पतालसम्म पुर्‍याउने आकस्मिक सवारीको साधन हो । यो साधनले धेरैको ज्यान जोगाउँछ । किनकी आकस्किम सवारीको साधन भएकाले बाटोमा हुने अवरोध पनि एम्बुलेन्सले पार गरिदिन्छ । तर, एम्बुलेन्स भन्ने शब्द बिकेश बज्रचार्यका लागि सबैभन्दा धेरै पीडा दिने विषय बन्यो ।

हुन पनि आकस्मिक सेवा प्रदान गर्ने एम्बुलेन्सका लागि बिकेशले १०२ मा फोन गरे । बुबा बिरामी भएपछि एकदमै हतास मनस्थितिमा रहेका उनले १०२ मा डायल गरी ‘एम्बुलेन्स’ भने । तर, १०२ को कल सेन्टरमा रहेका कर्मचारीले ‘ठट्टा नगर्नुस भन्दै फोन काटे ।’ यो सम्वाद २४ सेकेन्डसम्म भएको बिकेशले बताए ।

पहिलो पटक पनि आफ्ना बुबा ४७ वर्षीय बिजु बज्र्रचार्यलाई हृदयघात भएको थियो । दोस्रो पटक फेरि सोही घटनाक्रम दोहोरिएपछि बबरमहलबाट छोरा बिकेश नेपाल एम्बुलेन्स सर्भिसले सञ्चालन गरेको कल सेन्टर १०२ मा कल गरेका थिए । आफूमाथिको बज्रलाई कलसेन्टर ठट्टा भनेपछि बाहिर ट्याक्सी खोजेर बुबालाई सिभिल हस्पिटल पुर्‍याएको उनले सुनाए । तर, अस्पतालले एक घण्टापछि बिजुलाई मृत घोषणा गर्‍यो ।

यो घटनाले अहिले बिकेशलाई धेरै पीडा दिइरहेको छ । भनेको समयमा एम्बुलेन्सको सेवा आएको भए आफ्नो बुबालाई बचाउन सक्ने उनको विश्वास छ । एम्बुलेन्समा छिटो हुने र अक्सिजनको पनि व्यवस्था हुने भएकाले बुबालाई सहज हुने उनले खबरहबसँगको कुराकानीमा बताए ।

पहिले हृदयघातको लक्ष्यण देखापर्दा सहजरुपमा अस्पताल पुर्‍याउन सकेपछि यो पटक आकस्मिक भएकाले बुबा गुमाएको पीडा भावविह्वल अवस्थामा बिकेशले सुनाए ।

गैरसरकारी संस्था (एनजिओ) नेपाल एम्बुलेन्स सर्भिसले भने यस्तो लापरबाही नभएको दाबी गरेको छ । १०२ को कल सेन्टरमा खबरहबले फोन गर्दा त्यस्तो नभएको कल सेन्टरमै रहेका एक कर्मचारीले बताए । उनले आफ्नो नाम खुलाउन नमिल्ने भन्दै भने, ‘हामीकहाँ फेक कल चाँही धेरै आउँछ । हामी त्यसबाट बचेर काम गर्ने गरेका छौं । यो विषयले हामीलाई पनि धेरै दुःख दिएको छ ।’

उनले सोमबार दिनभर यसैको पुष्टि गर्न आफूहरुले खोजेको भन्दै कुनै प्रमाण फेला नपारेको बताए । ‘हामीले दिनभर यो घटनालाई पुष्टि गर्ने आधार खोज्यौ । डिउटीमा रहेका साथीहरुसँग पनि छलफल भयो । सीसीटीभी फुटेजमा पनि हेरेको तर, कुनै प्रुफ नै भेटिएको छैन,’ उनले भने, ‘हामीबाट यस्तो गल्ती हुँदैन । किनकी एम्बुलेन्सको प्रयोग एकजनाको ज्यान बचाउनका लागि हुन्छ । हामीले कुनै यस्तो गल्ती गदैनौं । कसरी यस्तो भयो भन्ने बारेमा सबैले खोजी गरिरहेका छौं।’

कार्यकारी प्रमुख भन्छन् यस्तो भएको छैन

नेपाल एम्बुलेन्स सेवाले सञ्चालन गरेको यो सेवामा बज्रचार्य परिवारमा घटेको घटना आफूहरुले नपाएको बताएका छन् । खबरहबसँगको कुराकानीमा एम्बुलेन्स सेवाका कार्यकारी अधिकृत अमित जोशीले पीडितसँग कुराकानी गरेको र आफूले गरेको अध्ययन र खोजीका क्रममा कल सेन्टरमा भएका कसैले पनि ठट्टा गर्ने कुरा नगरेको पाइएको बताए ।

‘मैले फुटेज हेरेँ । उहाँले भनेको समय अनुसार पौने ११ बजेदेखि सवा १२ बजेसम्मको फुटेज हेरेँ । त्यहाँ कहि पनि देखिएन । हामी गुणस्तरीय सेवा दिन्छौं भनिरहेका छौं । त्यो विषयमा हामी पनि जिम्मेवार भएर प्रस्तुत भएका छौं,’ जोशीले भने, ‘फोन व्यस्त छ भनेर चार पटक फोन राखिएको चाँही मैले देखेँ । ठट्टा नगर्नुहोस् भनेर कसैले पनि भनेको छैन । हामीले सीसीटीभीमा फुटेजसँगै भ्वाइस पनि राखेका छौं ।’

कार्यालयमा भएका दैनिक कामको आफूले नियमित अध्ययन गरिरहेको पनि जोशीले बताए । उनले भने, ‘म दैनिक केश स्टडिज गर्छु । त्यस्तो भयो भने हामीले आफैं पनि बिरामीलाई फोन गरेर सोधेका छौं । हामीले बिरामीलाई फलोअप पनि गछौं । कसरी १०२ थाहा पाउनुभयो, यो सेवालाई प्रभावकारी बनाउन के गर्नुपर्छ भनेर सोध्छौं । त्यसका लागि हामीले ११ प्रश्न नै तय गरेका छौं ।’

आफूहरुबाट पनि गल्ती हुन सक्ने भन्दै उनले यो विषयमा भने गल्ती नभेटिएको जोशीले बताए । उनले भने, ‘उहाँहरुको यो काम सकिएपछि म फेरि बसेर कुराकानी गर्नेछु।’

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ११ : ०३ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।