लामखुट्टेले टोकेर हैरान हुनुभएको छ ? यस्ता छन् बच्ने उपाय « Khabarhub

लामखुट्टेले टोकेर हैरान हुनुभएको छ ? यस्ता छन् बच्ने उपाय


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम शुरु भएको छ । गर्मीयाम सुरु भएसँगै लामखुट्टे समस्याका रुपमा देखिन थाल्छ । लामखुट्टेको टोकाइकै कारण मानिसलाई अनेकौं सरुवा रोग लाग्ने जोखिम पनि उत्तिकै हुन्छ ।

हामी तपाईंहरुलाई लामखुट्टेबाट बच्नेसम्बन्धमा केही घरेलु उपायबारे जानकारी दिंदै छौं,

 घर वरिपरि सँधै सफा सुघ्र राख्नुस् : लामखुट्टेको बासस्थान भनेको फोहोर हो । यदि तपाईंको घर वरिपरि फोहोर छ भने लामखुट्टे झुमिन्छन् । त्यसलै लामखुट्टेबाट बच्न घर वरपरको वातावरण सधैं सफा राख्नुहोस् ।

पानी जम्न नदिनुस् : लामखुट्टेले जमेको पानीमा अण्डा पार्ने, बच्चा हुर्काउने गर्छ । त्यसैले घर वरिपरि फोहोर पानी जम्न दिनुहुँदैन ।

घरको झ्यालढोकामा जाली प्रयोग गर्नुहोस् ः गर्मीको समयमा कोठामा हावा सजिलै छिर्ने बातावरण बनाउनु पर्छ । तर, यसका लागि झ्याल ढोका खुला छाड्दा लामखुट्टे पस्छ । त्यसैले झ्याल ढोकामा जाली प्रयोग गर्नु भयो भने लामखुट्टे भित्र पस्न सक्दैन ।

सुत्ने बेडमा झुलको प्रयोग : हुन त लामखु्ट्टे भगाउनका लागि भनेर विभिन्न प्रकारका धुप तथा लिक्वीड बनेका हुन्छन् । तर, त्यस्तो धूप प्रयोग गर्दा स्वास्थ्यमा असर पु¥याउन सक्छ । त्यसैले झुलको प्रयोग उपयोगी हुन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १० : ५६ बजे

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई