ट्रकको ठक्करबाट किशोरीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त « Khabarhub

ट्रकको ठक्करबाट किशोरीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।

ना ५ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकका चालक फरार भएपछि स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

स्थानीयको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले नियन्त्रणको प्रयास थालेको छ ।

प्रदर्शन नियन्त्रणमा लिन इलाका प्रहरी टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहको नेतृत्वमा प्रहरी परिचालन भएको छ ।

स्थानीयको प्रदर्शन नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय टीकापुर र लम्कीसहित सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

आक्रोशित स्थानीयले प्रहरीमाथि समेत ढुङ्गा–मुडा प्रहार गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन करिब ११ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन