च्याम्पियन्स लिग : इङ्गलिस क्लबलाई डच टोलीको चुनौति « Khabarhub

च्याम्पियन्स लिग : इङ्गलिस क्लबलाई डच टोलीको चुनौति


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


डच फुटबल टोली आयाक्स इङ्गलिस क्लब टोटनह्याम हट्सपुरविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मैदान उत्रिदैछ । टोटनह्यामको घरेलु मैदानमा डच टोली आफ्नो प्रभाव जमाउने लक्ष्यमा रहनेछ भने आफ्ना समर्थकका अगाडि टोटनह्याम आफूलाई बलियो सावित गर्न खोज्नेछ ।

त्यसोत टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आफ्नो ‘सपना जीवित’ रहेको बताए छन् । टोटनह्यामविरुद्ध खेल्न लागेको आयाक्सले च्याम्पियन्स लिगको सफल क्लब रियल र इटालीयन जाइन्ट युभेन्टस्को यात्रामा बिराम लगाइसकेको छ ।

सन् १९६२ पछि पहिलो पटक सेमिफाइनल खेल्न लागेको टोटनह्याम इतिहास रच्ने लक्ष्यमा रहेको छ । ‘तपाईंले सपनालाई पहिला स्थापित गर्नुपर्छ,’ प्रशिक्षक पोचेटिन्होले भने, ‘जहिले तपाईंले केही कुरा प्राप्त गर्नुहुन्छ त्यो नै तपाईंको सपना हो । त्यस्तै, टोटनह्यामका लागि च्याम्पियन्स लिग सेमिफाइनल एक सपना हो । जुन ५ वर्ष अघि देखिएको थियो र अहिले पूरा भएको छ ।’

क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीलाई नाटकिय रुपमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको टोटनह्यामले आयाक्सलाई रोक्ने लक्ष्य बनाएको छ । ‘हाम्रो खेल एक गतिमा अगाडि बढिरहेको छ । जसमा हामी जस्तो सुकै सफलता पनि हासिल गर्न सक्छौं र सबैकुरा सम्भव छ । त्यो नै हाम्रो बलियो पक्ष हो,’ पोचेटिन्होले थपे, ‘हामीसँग राम्रो अवसर छ कि हामी सेमिफाइनल खेल्दैछौं । यसअघि यो भएको थिएन ।’

पोचेटिन्हो विपक्षी पनि बलियो टिम भएको बताएका छन् । उनले भने, ‘हामी विपक्षीको सम्मान गर्न चाहान्छौं । आयाक्स जुन अवस्थामा छ त्यो उनीहरुका लागि पनि लायक छ । यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’

आयाक्सविरुद्ध टोटनह्यामका उच्च गोलकर्ता ह्यारि केन मैदान उत्रिने छैनन् । उनी एन्कल इन्जुरीका कारण आराममा छन् । यस्तै, फरवार्ड सन ह्युङ मिन पनि प्रतिबन्धमा छन् । टोटनह्यामका महत्वपूर्ण दुई खेलाडी बाहिर हुँदा आयाक्सलाई फाइदा पुग्न सक्ने फुटबल विश्लेषकहरुको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ०८ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ