बढ्दै हिमाल आरोहण गर्ने पर्यटकको संख्या, २ महिनामै ५० करोड रोयल्टी संकलन « Khabarhub

बढ्दै हिमाल आरोहण गर्ने पर्यटकको संख्या, २ महिनामै ५० करोड रोयल्टी संकलन


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले पर्यटन वर्ष २०२० को तयारी गरिरहँदा पर्यटन क्षेत्रमा केही सकरात्मक लक्षण देखिन थालेको छ ।

पछिल्लो समय हिमाल आरोहण गर्ने पर्यटकको संख्या समेत बढ्दै गएको छ । पर्यटन विभागको तथ्यांकअनुसार यस वर्षको बसन्त ऋतुमा मात्रै १ सय आरोही समूहका ८ सय २४ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

जसमध्ये सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३ आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।

सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ । सबैभन्दा धेरै सगरमाथाबाट ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी जम्मा भएको छ ।

त्यसैगरी ल्होत्सेका लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२ र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि ३ आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  २ : ५९ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल