मे १ बाट जापानमा नयाँ राजा, नारुहितोले गद्दी सम्हाल्दै « Khabarhub

मे १ बाट जापानमा नयाँ राजा, नारुहितोले गद्दी सम्हाल्दै


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानी राजा आकिहितोले राजगद्दी त्याग गरेसँगै मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने भएका छन् । मंगलबार जापानी राजा आकिहातोले राजगद्दी त्यागेका हुन् ।

उनले राजगद्दी त्यागेसँगै जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ । तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको छ ।

विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो । गद्दीत्याग गर्ने क्रम जापानी राजा आकिहितोले जापान र विश्वका सवै जनताको शान्ति र खुशीको कामना गर्नु भएको छ ।

बुधबारबाट नारुहितोले गद्दी सम्हालेपछि उनी जापानको १२६ औँ सम्राट हुनेछन् । उनले गद्दीनसीन भएपछि जापान ‘रेईवा’ युगमा प्रवेश गर्नेछ ।  नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुने छन् । त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन् ।

८५ वर्षीय आकिहितोले केही वर्ष अगाडिदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउँदै आएका थिए ।

जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ । मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुनेभएपछि यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ । सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गरेका हुन् ।

सुगाले हस्तलिखित वर्णमालाहरुको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम ‘रेईवा’ सार्वजनिक गरेका हुन् । हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ । तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ ।

आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्षअघि नै बताएका थिए । जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए । त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन समेत पारित गरेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : २७ बजे

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा