स्वास्थ्य चौकीकी अनमी रक्तश्रावको चपेटमा, उद्धारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग « Khabarhub

स्वास्थ्य चौकीकी अनमी रक्तश्रावको चपेटमा, उद्धारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिमाली जिल्ला हुम्लाको दुर्गम क्षेत्रमा उपचारका लागि खटिएकी अनमी नै बिरामी भएर थला परेकी छन् । जिल्लाको चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत अनमी निशा नेपाली सोमबार राति २ बजेदेखि उच्च रक्तस्रावले थला परेकी हुन् ।

दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर भएकी ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेकाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।

३ महिना पहिले गर्भ खसेपछि औषधि गरेर आएकी नेपाली रातिदेखि बिरामी भएर स्वास्थ्यचौकीमा छट्पटाइरहेको मेल्छाम स्वास्थ्यचौकीकी अनमी बेलसरा बुढाले जानकारी दिए ।

अनमी नेपाली रातिदेखि छट्पटाइरहेको खबर पाउनासाथ उद्धारका लागि पहल गरिएको ढकालले जानकारी दिए ।

नेपालीको उद्दारका लागि सेनाको हेलिकप्टर काठमाडौँबाट आउने तयारी भइरहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । बिरामी नेपालीलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिने जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ३७ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र