स्वास्थ्य चौकीकी अनमी रक्तश्रावको चपेटमा, उद्धारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग | Khabarhub Khabarhub

स्वास्थ्य चौकीकी अनमी रक्तश्रावको चपेटमा, उद्धारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिमाली जिल्ला हुम्लाको दुर्गम क्षेत्रमा उपचारका लागि खटिएकी अनमी नै बिरामी भएर थला परेकी छन् । जिल्लाको चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत अनमी निशा नेपाली सोमबार राति २ बजेदेखि उच्च रक्तस्रावले थला परेकी हुन् ।

दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर भएकी ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेकाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।

३ महिना पहिले गर्भ खसेपछि औषधि गरेर आएकी नेपाली रातिदेखि बिरामी भएर स्वास्थ्यचौकीमा छट्पटाइरहेको मेल्छाम स्वास्थ्यचौकीकी अनमी बेलसरा बुढाले जानकारी दिए ।

अनमी नेपाली रातिदेखि छट्पटाइरहेको खबर पाउनासाथ उद्धारका लागि पहल गरिएको ढकालले जानकारी दिए ।

नेपालीको उद्दारका लागि सेनाको हेलिकप्टर काठमाडौँबाट आउने तयारी भइरहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । बिरामी नेपालीलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिने जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ३७ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा