मानवअधिकार ऐन संशोधन सम्बन्धी विधेयकप्रति आयोगको असन्तुष्टि | Khabarhub Khabarhub

मानवअधिकार ऐन संशोधन सम्बन्धी विधेयकप्रति आयोगको असन्तुष्टि


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले सरकारले ल्याएको ‘मानव अधिकार आयोगको ऐनलाई संशोधन गर्न बनेको विधेयक’प्रति असन्तुष्टि जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले दिएको सुझावलाई नसमेटि सो विधेयक सरकारले संसदमा दर्ता गराएको उल्लेख गर्दै असन्तुष्टि जनाएका हुन् । उनले सो विधेयकको विरोधमा आयोगले जिन्दाबाद र मुर्दावादको नारा नलगाए पनि त्यसमा आयोगको सुझाव समेटन सरकार तयार हुनुपर्ने पनि स्पष्ट पारे ।

मंगलबार संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै अध्यक्ष शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त संवैधानिक निकायमा रुपमा राख्न नचाहेको दावी पनि गरे । उनले संविधानतः आयोग सरकारप्रति जवाफदेही नभएको उल्लेख गर्दैै त्यसै अनुसारको व्यवहार गर्न पनि सरकारसँग आग्रह गरे ।

आयोगले संत्रमणकालीन न्याय निरुपणका लागि तत्काल संक्रमणकालीन न्याय सम्बन्धि ऐन संशोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष शर्माले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक ऐन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले संक्रमणकालका १७ हजार भन्दा बढी पीडितलाई न्याय दिने काममा गम्भिर बन्न पनि सरकारलाई पुनः आग्रह गरे ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले राष्ट्रिय सहमति जुटाउने प्रयास गरिरहेको बताए । संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको पदाधिकारी नियुक्त गरी संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले संक्रमणकालीन न्याय निरुपणको मुद्दालाई टुंगो लगाउने गरी सरकारले सो सम्बन्धि विधेयक ल्याएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : ०५ बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार