सोमबारदेखि ओरालो लागेको शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट « Khabarhub

सोमबारदेखि ओरालो लागेको शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– साप्ताहिक कारोबारको तेस्राे दिन, म‌ंगलबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर १२९८ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्चनका अनुसार मंगलबार कारोवार मापक नेप्से परिसूचक ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) २.७४ अंकले घटेर २७९.१० मा पुगेको छ । मंगलबार कारोवार रकम पनि आइतबार तथा सोमबारको तुलनामा घटेको छ । अघिल्लाे दिन अर्ब माथिको कारोवार भएको शेयर बजारमा मंगलबार ९५ करोडको मात्रै शेयर किनबेच भयो ।  कूल १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर  ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकोमा दुई उपसमूहको शेयर बढेको छ भने ९ उपसमूहको शेयर घटेको छ । जलविद्युत् ४५.४९ र वित्त उपसमूहको परिसूचक १.०३ अंकले बढेको छ । बैंकिङ ९.८२, व्यापार ४.८२, होटल २४.८८, विकास बैंक २.७३, निर्जीवन बीमा २०५.३१, उत्पादन ५.३७, अन्य ६.९, लघुवित्त १८.०२ र जीवन बीमा उपसमूहको परिसूचक २०१.८२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १ हजार २ सय ७१ मूल्यमा  १६ करोड ७ हजार २ सय ५८  रुपैयाँ बराबरको कारोवार भइ शीर्ष स्थानमा रहेको छ ।

यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता ३ सय १८ रुपैयाँ मूल्यमा ९ करोड ३१ लाख सात हजार १९८ मा कारोवार भई दोस्रो स्थानमा रह्यो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ३ करोड ७९ लाख ११ हजार ४८९, कुमारी बैंक ३ करोड ७६ लाख ४८ हजार १७४, सानिमा माई हाइड्रोपावर ३ करोड ४० लाख एक हजार १६६, छिमेक लघुवित्त वित्तीय संस्था २ करोड ९५ लाख ७ हजार १४९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सानिमा माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले कमाए । यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.७१, यूनाइटेड मोदी ८.१८, रैराङ हाइड्रोपावर ६.५९, नेशनल हाइड्रोपावरका शेयरधनीले ५.८० प्रतिशतले कमाए तर रैराङ र नेशनल हाइड्रोपावरको शेयर भने  १०० भन्दा तल रहेको छ ।

यसैगरी राष्ट्रिय बीमा कम्पनी ५.८९, एशियन लाइफ इन्स्योरेन्स ४.९५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.५०, नेपाल इन्स्योरेन्स कम्पनी ३.८१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : ३० बजे

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउने बाचा गरेको रास्वापले मिति भने तोक्न सकेन

काठमाडौं- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु