काठमाडौंको छाउनीबाट महङ्गो लागू औषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

काठमाडौंको छाउनीबाट महङ्गो लागू औषधसहित ६ जना पक्राउ


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौंको छाउनीबाट पौने करोड मूल्य बराबरको लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रतिग्राम १० हजार रुपैयाँमा बिक्री हुने मेथामफेटामाइन नामक लागू औषधसहित ६ जनालाई पक्राउ गरेको हो । हेर्दा सेतो (बरफजस्तो) देखिने  यो लागू औषधलाई (आइस ड्रग्स) समेत भनिन्छ ।

छाउनीस्थित द फूड हेभन नामक क्याफेमा छापा मारेर प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार क्याफेबाट करिब ७३४ ग्राम मेथामफेटामाइन ड्रग्स बरामद भएको छ । उक्त ड्रग्सको नेपाली बजारमूल्य ७३ लाख हुनआउने प्रहरीको भनाइ छ ।

ड्रग्सबारे प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

विशेष सूचनाको आधारमा क्याफेमा छापा मारेको प्रहरीले लागू औषध खरिद गर्न पुगेका तथा सेवनाकर्ता गरी ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९ थान मोबाइल तथा १ लाख ७७ हजार रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : ४२ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि