काठमाडौंको छाउनीबाट महङ्गो लागू औषधसहित ६ जना पक्राउ « Khabarhub

काठमाडौंको छाउनीबाट महङ्गो लागू औषधसहित ६ जना पक्राउ


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौंको छाउनीबाट पौने करोड मूल्य बराबरको लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रतिग्राम १० हजार रुपैयाँमा बिक्री हुने मेथामफेटामाइन नामक लागू औषधसहित ६ जनालाई पक्राउ गरेको हो । हेर्दा सेतो (बरफजस्तो) देखिने  यो लागू औषधलाई (आइस ड्रग्स) समेत भनिन्छ ।

छाउनीस्थित द फूड हेभन नामक क्याफेमा छापा मारेर प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार क्याफेबाट करिब ७३४ ग्राम मेथामफेटामाइन ड्रग्स बरामद भएको छ । उक्त ड्रग्सको नेपाली बजारमूल्य ७३ लाख हुनआउने प्रहरीको भनाइ छ ।

ड्रग्सबारे प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

विशेष सूचनाको आधारमा क्याफेमा छापा मारेको प्रहरीले लागू औषध खरिद गर्न पुगेका तथा सेवनाकर्ता गरी ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९ थान मोबाइल तथा १ लाख ७७ हजार रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : ४२ बजे

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा