अबदेखि उजुरीका लिखत विभागबाटै निशुल्क | Khabarhub Khabarhub

अबदेखि उजुरीका लिखत विभागबाटै निशुल्क


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले विभागमा दर्ता गर्नुपर्ने उजुरीका लिखत मंगलबारदेखि कार्यालय भित्रैबाट निशुल्क तयार गरी दर्ता गरिदिने व्यवस्था शुरु गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उजुरीका लिखत विभागको कार्यालयभित्रबाट निशुल्क दर्ता गरिदिने व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

महानिर्देशक भुषालले यस व्यवस्थाले  विगतमा उजुरीकर्ताले उजुरीको लिखत तयार गर्न लाग्ने गरेको दुईदेखि पाँच हजारसम्म जोगिने तथा उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको अन्त्य हुने अपेक्षा लिएका छन् ।

त्यसैगरी उनले श्रम स्वीकृति मिलाइदिन्छु भनी सेवाग्राहीसँग पैसा असूल गर्ने दुईजना दलाललाई पक्राउ गरी थप अनुसन्धानका लागि पठाइएको जनाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ९ : २५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको