अबदेखि उजुरीका लिखत विभागबाटै निशुल्क « Khabarhub

अबदेखि उजुरीका लिखत विभागबाटै निशुल्क


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले विभागमा दर्ता गर्नुपर्ने उजुरीका लिखत मंगलबारदेखि कार्यालय भित्रैबाट निशुल्क तयार गरी दर्ता गरिदिने व्यवस्था शुरु गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उजुरीका लिखत विभागको कार्यालयभित्रबाट निशुल्क दर्ता गरिदिने व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

महानिर्देशक भुषालले यस व्यवस्थाले  विगतमा उजुरीकर्ताले उजुरीको लिखत तयार गर्न लाग्ने गरेको दुईदेखि पाँच हजारसम्म जोगिने तथा उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको अन्त्य हुने अपेक्षा लिएका छन् ।

त्यसैगरी उनले श्रम स्वीकृति मिलाइदिन्छु भनी सेवाग्राहीसँग पैसा असूल गर्ने दुईजना दलाललाई पक्राउ गरी थप अनुसन्धानका लागि पठाइएको जनाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ९ : २५ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन