चालकको हडतालले ५०० उडान अवरुद्ध | Khabarhub Khabarhub

चालकको हडतालले ५०० उडान अवरुद्ध


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोम- स्काण्डिनाभियन एअरलाइन (एसएएस)का विमान चालकहरूको हडताल स्थानीय समय अनुसार बुधबार पनि जारी रहने भएको छ ।

विमान चालकको आन्दोलन पाँचौँ दिन पनि जारी रहँदा बुधबारका लागि तय भएका करिब ५०० उडान अवरूद्ध हुने र यसबाट करिब ४७ हजार हवाई यात्रु प्रभावित बन्ने कम्पनीले जनाएको छ ।

आन्दोलनका मङ्गलबार उक्त विमान कम्पनीका करिब ५४६ उडान अवरूद्ध बनेका र यसबाट ४८ हजार यात्रु अलपत्र बनेका जनाइएको छ । आन्दोलनका कारण मङ्गलबारसम्म तीन हजार ३०६ वटा उडान अवरूद्ध भएका छन् भने यसबाट तीन लाख २६ हजार ९१७ यात्रुलाई असुविधा भएको छ, कम्पनीद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

विमान चालकहरूले उनीहरूको तलव तथा कार्यसूचीको निश्चितताका लागि दुईपक्षीय कार्यस्थल सहमतिका लागि भनी हडताल शुरू भएको र यसले आन्दोलनको चर्को रुप लिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ९ : ५५ बजे

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार