मानव बेचविखनको बदलिँदो स्वरुप, प्रलोभनमा पर्दै चेली | Khabarhub Khabarhub

मानव बेचविखनको बदलिँदो स्वरुप, प्रलोभनमा पर्दै चेली


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपालमा मानव बेचविखनको बदलिँदो परिवेशबारे सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

काठमाडौंमा मानब बेचविखनको बदलिँदो स्वरुपसम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीहरुको बेचविखन हुने गरेको सरोकारवालाहरुले बताएका हुन् । युएसएआइडीको सहयोगमा एफडब्लूएलडी लगायत विभिन्न संस्थाले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले नेपालमा मिर्गौला तस्करी तथा मानवबेचविखनको अवस्था भयाबह रहेको बताए ।

कार्यक्रममा अधिवक्ता शतिसकुमार शर्माले दश बर्षको अन्तरातलमा मिर्गौला तथा मानव बेचविखनको अवस्था डरलाग्दो देखिएको बताए । उनले नेपालमा विद्यमान मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐन २०६४ र अंग प्रत्यारोपण ऐन २०५५ एक आपसमा बाझिँदा समस्या समाधानमा थप जटिलाता देखिएको तर्क गरे ।

उनले पैसाको प्रलोभन, डर–त्रास र धम्की देखाएर मानव अंगको बेचविखन हुने गरेको पछिल्ला केही उदाहरणले पुष्टि गरेको बताए । उनले यस्ता घटना न्यूनीकरणका लागि सवैले आ–आफ्नो क्षेत्रमा सहयोग तथा समन्वय गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले मानव बेचविखनमा संलग्न मुख्य नाइकेहरुलाई समाउन नसक्दा समस्या पटक पटक दोहोरिने गरेको बताए । मानव बेचविखनका विभिन्न स्वरुपहरु देखापरेको भन्दै उनले वैदेशिक रोजगारीले पनि यसलाई थप मलजल गरेको तर्क गरे । उनले भने, ‘एउटा कामका लागि भनेर श्रमिकलाई विदेश पुर्‍याउने अनि तोकिएको तलब पनि नपाउने र अन्यत्रै काममा लगाउने बाध्यता छ, यो पनि मानव बेचविखन हो ।’

उनले वैदेशिक रोजगारीमा जाँदा सचेत हुनुपर्ने बताउँदै वैदेशिक रोजगार विभागको भूमिका पनि यस्ता मुद्धामा सक्रिय हुन नसकेको तर्क गरे । मानव बेचविखनका पीडितहरुले बास्तविकता नखुलाउँदा पीडकहरुले उन्मुक्ति पाइरहेको बताए ।

सीएलआरआरडीकी मञ्जु मरासीनीले नेपाल भित्रै हुने मानव बेचविखन तथा यौन दुराचारको विषयमा खासै चर्चा हुन नसकेको बताइन् । उनले नेपालमा बालबालिकाहरुलाई मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न नपाइने भएपनि विभिन्न प्रलोभन देखाएर बालबालिकाहरुलाई यौन दुव्र्यवहारको शिकार बनाइएको आरोप लगाइन् ।

कार्यक्रममा सहभागीहरुले मानव बेचविखन तथा ओसापसारका घटना न्यूनीकरणमा सञ्चार माध्यमको उल्लेखनीय भूमिका रहने बताएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : ०५ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार