नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : राष्ट्रपति पौडेल « Khabarhub

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : राष्ट्रपति पौडेल


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रुपमा रहेको बताएका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधरले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवतलाई प्रचलनमा ल्याइएको स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आबद्ध रहेको सन्दर्भमा यस्ता परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका उल्लेख गरेका छन् ।

काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा यस दिनलाई नयाँ संवत् सुरू हुने विशेष पर्वका रूपमा मनाउने गरिएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति साख्वाको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिजस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरे ।

राष्ट्रपतिले निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवम् प्रतिबद्ध रहन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मौलिक संवत् (नेपाल संवत्)ले सम्पूर्ण नेपालीबीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न सकोस् भनी कामना समेत गरेका छन् । नेपाल संवत्ले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ सुदृढीकरण गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ६ : २४ बजे

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, भोटेकोशी विपदबारे विश्वको ध्यानाकर्षण

अन्ताल्या– टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

काठमाडौँ– नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी

यमपञ्चक : आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

काठमाडौँ– आज कार्तिक शुक्ल प्रतिपदा । यमपञ्चक अन्तर्गत आज गोवर्द्धन,