मोदीलाई बधाई दिन ओली आज दिल्ली जाँदै « Khabarhub

मोदीलाई बधाई दिन ओली आज दिल्ली जाँदै


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँदिल्ली जाँदैछन् ।

प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष लिने शपथग्रहण कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले आजै शपथ ग्रहण गर्दैछ।

यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई सपथग्रहण कार्यक्रमका लागि बोलाएका छन् । यसअघि उनले सार्क सदस्य राष्ट्र, लाई निम्ता गरेका थिए। निम्त्याएका छन्। प्रधानमन्त्री ओली पनि बिम्स्टेक सदस्य मुलुककै रुपमा मोदीको सपथग्रहणमा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत भ्रमणमा जानेछन्। प्रधानमन्त्री ओली भोलि (शुक्रबार) नै स्वदेश फर्कनेछन्।

मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति विन मिन्ट, भुटानी प्रधानमन्त्री लोटे छिरिङ सहभागी हुनेछन्।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ७ : १४ बजे

ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण शुक्रबार तेस्रो दिनमा

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको

भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य

नयाँदिल्ली- भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी