मोदीलाई बधाई दिन ओली आज दिल्ली जाँदै « Khabarhub

मोदीलाई बधाई दिन ओली आज दिल्ली जाँदै


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँदिल्ली जाँदैछन् ।

प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष लिने शपथग्रहण कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले आजै शपथ ग्रहण गर्दैछ।

यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई सपथग्रहण कार्यक्रमका लागि बोलाएका छन् । यसअघि उनले सार्क सदस्य राष्ट्र, लाई निम्ता गरेका थिए। निम्त्याएका छन्। प्रधानमन्त्री ओली पनि बिम्स्टेक सदस्य मुलुककै रुपमा मोदीको सपथग्रहणमा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत भ्रमणमा जानेछन्। प्रधानमन्त्री ओली भोलि (शुक्रबार) नै स्वदेश फर्कनेछन्।

मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति विन मिन्ट, भुटानी प्रधानमन्त्री लोटे छिरिङ सहभागी हुनेछन्।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ७ : १४ बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक