सनी लियोनी नाचेको फिल्म ‘पासवर्ड’ को रिलिज मिति सार्वजनिक | Khabarhub Khabarhub

सनी लियोनी नाचेको फिल्म ‘पासवर्ड’ को रिलिज मिति सार्वजनिक


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सनी लियोनीले एक गीतमा नाचेका कारण चर्चामा आएको फिल्म ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म आउँदो भदौ २७ गतेदेखि नेपालभर प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्मलाई महंगो बजेटको फिल्म भनिएको छ । फिल्ममा विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाम, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारको अभिनय छ ।

फिल्मको स्किृप्ट निर्देशक बस्नेतले नै तयार पारेका हुन् । एबी इन्टरनेशनलको ब्यानरमा बनेको यो फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

फिल्मलाई एक्सन थ्रीलरका साथै कमेडी पनि भनिएको छ । केही दिनमा फिल्मको गीत सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ११ : १७ बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ