रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो « Khabarhub

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित भएको स्पष्ट पारेको छ ।

शुक्रबार राति जारी गरिएको विज्ञप्तिमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई सम्बोधन गरी लेखिएको भनिएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘दुई जिम्मेवार राजनीतिक व्यक्तित्वको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा आधारहीन र भ्रामक सामग्री प्रचार गर्नु निन्दनीय कार्य हो।’ सार्वजनिक गरिएको पत्र किर्ते र झुटो रहेको दाबी गर्दै रास्वपाले त्यसप्रति विश्वास नगर्न आग्रह गरेको छ।

आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र नेपाल–भारत द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने उद्देश्यले योजनाबद्ध रूपमा यस्ता प्रचारबाजी गरिएको रास्वपाको दाबी छ ।

रास्वपाले सञ्चारकर्मी तथा सञ्चारगृहहरूलाई राष्ट्रिय महत्वका विषयमा समाचार सम्प्रेषण गर्नुअघि तथ्यको गम्भीर जाँचबुझ गर्न अनुरोध गरेको छ। साथै, द्विपक्षीय सम्बन्ध र सामाजिक सद्भावमा असर पर्ने सामग्री प्रकाशन नगर्न आग्रह गरिएको छ।

पार्टीले आम नागरिकलाई पनि निर्वाचनको मुखमा फैलाइएका फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न सचेत गराउँदै यस्ता गतिविधिमा संलग्नमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १० : ४२ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा