बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र सहकारी संस्थालाई मर्जर प्रोत्साहन छुट | Khabarhub Khabarhub

बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र सहकारी संस्थालाई मर्जर प्रोत्साहन छुट


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्थाका हकमा बिग मर्जर प्रोत्साहन गर्नेका लागि अवसर दिने भएको छ । आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत सरकारले बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र सहकारीलाई मर्जरमा जान्न प्रोत्साहित गर्ने नीति अघि सारेको छ ।

यी संस्थालाई संख्यात्मक भन्दा गुणात्मक मर्जरका लागि प्रोत्साहन गर्ने बजेटमा समेटिएको छ । बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र सहकारी धेरै भएकै कारण नियमन गर्ने सरकारलाई समस्या भइरहेको भन्दै मर्जर गरेर व्यवस्थापन गर्ने लागिएको हो । सरकारले मर्जरमा जाने वित्तीय संस्थालाई दिँदै आएको कर छुटलाई निरन्तरता दिने बजेटमा उल्लेख गरिएको छ ।

आयकर ऐन २०५८ मा तोकिएबमोजिम मर्जरमा जाने वित्तीय संस्थालाई दिँदै आएको कर छुट एक वर्षका लागि थप गर्ने भएको छ । यो व्यवस्था बिमा कम्पनीको हकमा समेत लागू हुने भएको छ ।

त्यस्तै, सरकारले दुर्घटना तथा स्वास्थ्य बिमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाएको छ । कृषि र लघु उद्यम सेवामा बिमा सेवा सहज गर्न घुम्ती बिमा कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

आगामी आवको बजेटमार्फत सरकारले पुनर्बिमा नीति परिवर्तन गरी पुनर्बिमा व्यवसायलाई थप प्रभावकारी बनाइने जनाइएको छ । विदेशी संस्थाहरूलाई नेपालमा पुनर्बिमा गर्न प्रोत्साहित गर्ने लागि बाटो खुल्ला गरिएको छ ।

नेपालमा बिमाको पहुँच विस्तार गर्न बिमा सेवाप्रदायक निकायहरूको संस्थागत र प्रणालीगत सुधार गदै लैजाने जनाइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ११ : ०५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य