अध्यागमन कार्यालयका अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

अध्यागमन कार्यालयका अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत अर्यालविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अर्यालले २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ स्रोत नखुलेको (अकूत सम्पत्ति) आर्जन गरेको अभियोगमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनअनुसार २३ भदौ २०५९ देखि सरकारी सेवा प्रवेश गरेका अर्यालले त्यसयता ४ करोड ५६ लाख ८१ हजार ४ सय ४१ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ । अख्तियारका अनुसार अर्यालले आफू र श्रीमती सरिता नेपाल समेतको नाममा ४ करोड ५६ लाख ८१ हजार ४ सय ४१ रुपैयाँ बराबरको चल–अचल सम्पत्ति खरिद गरी राखेको एवम् लगानी गरेका छन् ।

तर, उनको वैध आयको रुपमा २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँको मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ । अख्तियारले स्रोत नखुलेको रकमलाई अवैध मान्दै अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले अर्यालविरुद्ध २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ विगो तथा जरिवाना, सम्पत्ति जफत र कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  २ : ५३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको