अवैध आप्रवासी कामदार स्वदेश फर्काउन मलेसियालाई दबाब | Khabarhub Khabarhub

अवैध आप्रवासी कामदार स्वदेश फर्काउन मलेसियालाई दबाब


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा सञ्चालित ग्र्याव (अनलाइन ट्याक्सी)का एक चालकको हत्या भएको घटनालाई लिएर स्थानीयहरुले अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन मलेसियाली सरकारलाई चर्को दबाब दिएका छन् । अवैध आप्रवासी कामदारका कारण हत्या, हिंसा तथा लुटपाटका घटना बढेको भन्दै उनीहरुले मलेसियामा रहेको अवैध कामदारलाई पक्राउ गरी स्वदेश फर्काउन सामाजिक सञ्जालमा चर्को दबाब दिएका हुन् ।

ट्याक्सी चालकको हत्या अवैध आप्रवासी कामदारले नै गरेको मलेसियाली स्थानियसञ्चार माध्यमले खवर सार्वजनिक गरेपछि मलेसिया सरकारले अवैध आप्रवासी कामदारमाथि छानविन थालेको छ भने अवैध कामदार भेटिए तत्काल पक्राउ गरी स्वदेश फर्काउन समेत अध्यागमनलाई निर्देशन दिएको छ । ट्याक्सी चालक २७ बर्षिय मोहम्मद हनाफी जफारलाई ८० रिंगिट लुट्न हत्या गरिएको सञ्चारमध्यामले जनाएका छन् । मलेसियाका विभिन्न संघसंस्थाहरुले पनि अवैधानिक कामदार नियन्त्रण गर्न माग गरेको समाचारमा उल्लेख छ ।

ट्याक्सी चालक हनाफीको हत्या आरोपमा दुई जना विदेशी कामदारलाई मलेसियाली प्रहरीले प्रक्राउ गरेको जनाइएको छ । उनीहरु लामो समयदेखि मलेसियामा अवैधरुमा बसिरहेको बताइए पनि कुन देशका हुन् खुलाइएको छैन । मलेसिया सरकारले अवैध कामदार नियन्त्रण गर्न रोजगारदाता कम्पनीमाथि  कडा निगरानी राख्दै आएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ४ : ३० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन