अवैध आप्रवासी कामदार स्वदेश फर्काउन मलेसियालाई दबाब « Khabarhub

अवैध आप्रवासी कामदार स्वदेश फर्काउन मलेसियालाई दबाब


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा सञ्चालित ग्र्याव (अनलाइन ट्याक्सी)का एक चालकको हत्या भएको घटनालाई लिएर स्थानीयहरुले अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन मलेसियाली सरकारलाई चर्को दबाब दिएका छन् । अवैध आप्रवासी कामदारका कारण हत्या, हिंसा तथा लुटपाटका घटना बढेको भन्दै उनीहरुले मलेसियामा रहेको अवैध कामदारलाई पक्राउ गरी स्वदेश फर्काउन सामाजिक सञ्जालमा चर्को दबाब दिएका हुन् ।

ट्याक्सी चालकको हत्या अवैध आप्रवासी कामदारले नै गरेको मलेसियाली स्थानियसञ्चार माध्यमले खवर सार्वजनिक गरेपछि मलेसिया सरकारले अवैध आप्रवासी कामदारमाथि छानविन थालेको छ भने अवैध कामदार भेटिए तत्काल पक्राउ गरी स्वदेश फर्काउन समेत अध्यागमनलाई निर्देशन दिएको छ । ट्याक्सी चालक २७ बर्षिय मोहम्मद हनाफी जफारलाई ८० रिंगिट लुट्न हत्या गरिएको सञ्चारमध्यामले जनाएका छन् । मलेसियाका विभिन्न संघसंस्थाहरुले पनि अवैधानिक कामदार नियन्त्रण गर्न माग गरेको समाचारमा उल्लेख छ ।

ट्याक्सी चालक हनाफीको हत्या आरोपमा दुई जना विदेशी कामदारलाई मलेसियाली प्रहरीले प्रक्राउ गरेको जनाइएको छ । उनीहरु लामो समयदेखि मलेसियामा अवैधरुमा बसिरहेको बताइए पनि कुन देशका हुन् खुलाइएको छैन । मलेसिया सरकारले अवैध कामदार नियन्त्रण गर्न रोजगारदाता कम्पनीमाथि  कडा निगरानी राख्दै आएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ४ : ३० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर