पानी परेपछि सुदूरपश्चिम र प्रदेश ५ को खेल रद्द « Khabarhub

पानी परेपछि सुदूरपश्चिम र प्रदेश ५ को खेल रद्द


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत सुदूरपश्चिम र प्रदेश ५ वीचको खेल रद्द भएको छ । खेल जारी रहेको अवस्थामा भीषण पानी परेपछि खेल रद्द गरिएको हो । सुदूर पश्चिमले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मैदानमा वर्षा भएपछि खेल सुचारु हुन सकेन ।

१९ ओभरको खेल सकिँदा प्रदेश ५ ले ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो । त्यसपछि दुबै टिमले अंक बाँढेका छन् । पहिलो खेलमा पराजित भएका दुबै टोलीलाई आज अंक बाँढ्नु पर्दा घाटा लागेको छ । अझ बढी घाटा सुदूरपश्चिमलाई लागेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९ ओभर ५ बलमा एक सय ८८ रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको सुदुरले १९ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ६१ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको सुदुरले ८१ रनमा ५ विकेट खेर फालेको थियो । सुदुरका लागि खड्क बोहोराले ६२ तथा लोकेश बमले १९ रन बनाए । यस्तै नरेश बोहोराले ३१ रनको योगदान गरे । यस्तै अन्तिममा नरेन्द्र साउदले २१ रनको योगदान गरे । बलिङमा प्रदेश ५ का शिद्धान्त शाहीले दुई विकेट हात पारे ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ५ : ०८ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण